सुर्खेत , १८ फागुन
जाजरकोटको पुर्वी क्षेत्रमा रहेका भारी योजनाहरुको अनुगमण ,निरीक्षण र शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्धारा दर्जन भन्दा बढी योजनाको काम गरिएको हो । मन्त्री सिंहले बारेकोटमा रहेका सडक , सोलार मिनिग्रेट र विद्यालयको अनुगमण गरिएको छ ।
प्रदेश सरकारबाट निर्माण गरिएका नलगाड नगरपालिका ५ स्थित जुनिबालसंरक्षण मावि , भगवती माध्यमिक विद्यालय बारेकोट ४ , भेरी त्रिबेणी माध्यमिक विद्यालय भेरी नगरपालिका १ को विद्यालय भवन उद्घाटन गरिएको छ । बारेकोट गाउँपालिका २ लिम्सा देखि वडा १ को सिनाकोट सम्माको सडक अनुगमण गरिएको छ । नलगाड नगरपालिकाको वडा ५ मार हरको कालीमटी खालचौर नेटी लेख हुँदै लिम्सा जोड्ने सडकको उद्घाटन गरिएको छ । यो नलगाड जलविद्युत आयोजना निर्माण भएपछि बैकल्पिक सडकको रुपमा यसलाइ लिइएको छ।
बारेकोट गाउँपालिका ५ मा रहेको १७० किलोवाटको मिनिग्रेटको सोलार उद्घाटन गरिएको छ । ४१७ घरधुरीलाइ पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको हो । बारेकोट गाउँपालिका २ स्थित नौफेरी सिँचाइ योजनाको शिलान्यास समेत गरिएको छ । पञ्चयातकालमा सुरु भएको योजना अहिले सम्मा सुरु नहुँदा अहिले मन्त्री सिंहकै पहलमा सुरु हुन लागेको मन्त्री सिंहका प्रमुख स्वकीय सचिव हेमन्त केसीले जानकारी दिनुभयो ।