बैजनाथ सम्बादाता
आईतवार ८ चैत
बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ शान्तिनगर डुडुवा बस्तिका अव्यवस्थित भुमिहिन तथा सुकुम्बासी सयुक्त संघर्ष समन्वय समितीले स्थानीय नागरिकले आफुहरुले गरेको १८ दिने लामो आन्दोलनलाई स्थगित गर्न कोहलपुर नगरपालिकाको स्थानीय सरकारले माग पुरा गर्ने आश्वासन दिएपछि आन्दोलन १० दिनका लागी बन्द गरिएको थियो। आन्दोलन १० दिन पुराहुँदा सम्म स्थानीय सरकारको विरुद्ध १८ दिनभित्र शान्तिपुर्ण जुलुस,धरणा,राँके जुलुस,१ दिन वडा कार्यालय तालाबन्दी,बृहत खुल्ला अन्तरक्रिया,२ घन्टा पुर्ब पश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्ग बन्द,कोहलपुर नगरपालिकाको कार्यालय ८ दिनसम्म२४ सै घन्टा धरणा
गरि स्थानीय सरकार बाट हुने सम्पुर्ण कामकाज ठप्प र पटक-पटक पत्रकार सम्मेलन गरियो ।
हाम्रा माग कुनै त्यस्तो राष्ट्रिय अखण्डता सार्बभौमसत्तालाई खलल पुर्याउने जनबिरोधी माग हैनन।
माग बसाइँसराइ दर्ता, जन्म मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता गरि सुबिधा सुचारु गरियोस् ,घर धुरी कायम गरियोस् र बसाइँसराइ सहितको लागत संकलन साथै अव्यवस्थित भुमिहिन तथा सुकुम्बासीहरुको समस्या स्थायीरूपमा समाधानको माग सहित १८ दिनको आन्दोलन पश्चात १० दिने अल्टिमेटमको समय सकिदा सम्म कोहलपुर नगर सरकार नाजवाफ हुनु लाजमर्दो भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
शान्तिनगरको समस्यालाई समाधान गर्नका लागि कोहलपुर नगर प्रमुख सहित प्रतिनिधि लागी परेको सूचना स्थानीय सरकार बाट आएकोले आईतवार देखी थप १२ दिनको समय थप गरि मिति २०७७ साल चैत १९ गतेसम्म आन्तरिक तयारी गृहकार्य गर्नुका साथै सम्पुर्ण सरोकारवाला निकायहरुसंग बार्ता संम्बाद समन्वय र कानुनी प्रामर्श गर्ने र माथी उल्लेखनीय समयावधि भित्र हाम्रा मागहरु गर्नका लागी कुनै पनि निस्कर्श नआएको खण्डमा शसक्त आन्दोलन गर्नुका साथै न्यायलयको ढाेका ढकढक्याउन बाध्य हुने छौँ र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पुर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने प्रेस बिज्ञप्ति मा उल्लेख गरिएको छ।