बाँके,असोज १४ गते । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज-१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताए ।
ती महिला स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन । असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो । महिलाको फोक्समा निमोनिया समेत देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च,रक्तचाप रोगबाट ग्रसित थिइन् । बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ