- जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँकेबाट भेरी अस्पतालका ल्याब टेक्निसियनहरु प्रचण्ड गौतम र दीपक ढकालसहित १० महिला र १९ पुरुष गरी २९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ ।फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ८ सहित ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।