जाजरकोट सम्बादाता
स्थानीय तह निर्वाचनमा विभिन्न पार्टी बाट प्रतिनिधित्व गरेर उम्मेदवार बनेका स्थानीय तह सदस्य निर्वाचनमा भेरी नगरपालिका १ नम्बर वडामा नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्ष पदका उम्मेदवार दिपक राना मगर आफ्नो सम्पुर्ण वडाको टिम सहित घर दैलो कार्यक्रममा होमिएका छन् ।
उक्त कार्यक्रमको क्रममा अध्यक्ष राना सहित वडा सदस्यहरु नेता कार्यकर्ताको सहभागीतामा गाउँ टाेल घर घर पुगेका छन्। त्यसै क्रममा विभिन्न कार्यक्रमहरु सहित गाउँ गाउँ पुगेर मतदानहरुसँग भेटघाट सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
घर दैलो कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष रानाले आफ्नो पूरा कार्यकाल स्थानीय जनताको सेवामा समर्पित गरेको र कुनैपनी आर्थिक अपचलन नगरेको बताउँदै आगामी निर्वाचनमा समेत पुनः आफुलाई निर्वाचित गराएर अधुरा कार्य सम्पन्न गरेर १ नम्बर वडालाई समुन्नत बनाउनुका साथै बिकाशको नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ।