Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिभैंसी पालनमा रमाउँदै महिला उद्यमी गंगा बटाला

भैंसी पालनमा रमाउँदै महिला उद्यमी गंगा बटाला

बाँके:बैजनाथ गाउँपालिका ६ ईमिलिटाेलमा बिगत १ बर्ष देखि १८ कठ्ठा जग्गा लिजमा लिएर भैंसी पालन गर्दै आएका समुयल पशुपंक्षी पालन फर्मका संचालन गरेर दैनिकि ब्यस्त हुनुका साथै आम्दानी गर्न सफल भएकोमा भैंसी पालनमा भविष्य खोज्दै आफ्नै ब्यवसायमा रमाउँदै बैजनाथकी गंगा बटाला ब्यस्त देखिन्छन् ।
बटालाले शुरुमा घर टहरा घाँस काट्ने मेशिन गाई भैंसी खरिद गर्दा कुल रु २५ लाख लगानी गरेर शुरु गर्दा लगानी कसरी बचाउने भन्ने उनलाई चिन्ता थियो।आफ्नो फर्ममा पालन गरेको भैंसी ५ वटा र गाई २ वटा होलिस्टन क्रस जर्सीले प्रतिदिन करिब ३६ लिटर दुध उत्पादन शुरु भयो। बिस्तारै आफ्नो फर्ममा उत्पादन गरेको दुध बिक्री गर्न बजार खोज्नु परेन स्थानीय बजार सम्झनाका केहि नास्ता पसल र गाउँ घरमा बिक्री हुन थालेपछि बटालाको दम्पती खुशि भएको बताए ।

उत्पादन गरेको दुध लोकल बजारमा खुद्रा मुल्य प्रति लिटर रु ९५ मा बिक्रि गर्ने गरेतापनि दुध डेरीमा भनेजती मुल्यक नपाए पनि २० दिनमा जम्मा हिसाब गर्दा १५ दिनको नगत बुझ्ने र ५ दिनको बाँकी राखेर डेरीमा कारोबार हुने गरेकोमा संचालक गँगा बटाला भन्नुहुन्छ ।
सम्पुर्ण काम घर परिवारका सबै सदस्य मिलेर गर्ने गर्छौं । दैनिक जसो बिक्रि हुने दुध र डेरीमा बिक्री हुने दुधको पैसा बाट सबै खर्च घटाएर मासिक सरदर २५ हजार बचत गर्ने गरेको संचालन गंगा बटालाले जानकारी दिनुभयो ।
एउटा महिलाले संचालन गरेको फर्मले ३ जनालाई प्रत्यक्ष रोजगारी दिएर पनि माशिक २५ हजार बचत गर्न सफल कृषक गंगा बटाला बाट अन्य यस्तै धेरै महिलाहरुले पनि सिक्न जरुरी छ।
शुरुमा भैंसि मात्र ९ लाखमा खरिद गरेकी उनि अझै स्थानीय सरकारले आफुले लिजमा लिएको जग्गाको भाडा र ब्यवसायलाई थप ब्यवस्थित गर्न भुस पराल राख्ने गोदाम टहरा आवश्यक छ तर लगानी छैन सरोकारवाला निकाय बाट आवश्यक सहयोग पाए अझै उत्कृष्ट फर्म बनाउन सकिने थियो भन्नुहुन्छ गंगा बटाला केहि दिन अगाडि स्थानीय सरकारले दिएको अनुदान दिएको मिनि टिलर अति उपयोगी भएकोले थप अन्य आधुनिक सामाग्री पाएकोमा खुशि ब्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments