Sunday, January 12, 2025
spot_imgspot_img
HomeUncategorizedभ्रष्टाचार मुक्त पालिका बनाउने छु,अध्यक्ष पदका उम्मेदवार:युगान्त

भ्रष्टाचार मुक्त पालिका बनाउने छु,अध्यक्ष पदका उम्मेदवार:युगान्त

बैजनाथ/स्थानीय निर्वाचनको माहोल सँगै गाउँ टाेल नगर चिया चौतारा जत्ताततै अबको उम्मेदवार जनताको प्रीय छ जनपक्षीय काममा को अग्रसर छ बिकाशमुखी लोकप्रिय स्थानीय जनप्रतिनिधि ल्याउने बारे चर्चा चलिरहेको बेला बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र बहादुर शाह (युगान्त)ले आफू निर्वाचन भए सरकार बाट पाउने सेवा सुबिधा नलिने घोषणा गर्नुभएको छ।

युगान्त १८ वर्षको उमेरमा बन्दुक बोकेर देश परिवर्तनको लागि तानाशाह बिरुद्ध युद्ध लडेको एउटा योद्धा हुन २४ वर्षको उमेर सैन्य कार्यकुशलताका साथ बिग्रेड कमाण्डर भ‌एका थिए भने कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा जन्मिएको शाह खलकको एउटा छोरा भएपनि निरन्तर नेकपा माओवादीले गरेको बिद्रोहमा सहभागी भएर सेनाको उच्च कमान्ड सम्हालेका एक कुशल सैन्य नेतृत्व हुनुहुन्छ।

बि स २०६२/०६३ को जनआन्दोलन पछि नेपालमा शान्ती आयो पहिलो संबिधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६४ सालमा बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ जि गाउँ बसाईसराई गरेका गरेर आफ्नो राजनीतिक जिबनलाई अझै दरिलो र बलियो बनाउन सफल शाह बैजनाथ गाउँपालिकामा कर्णालीका जिल्ला सुर्खेत दैलेख रुकुम जाजरकोट कालिकोट हुम्ला मुगु जुम्ला सल्यान लगाएतका बाक्लो बस्ती भएको स्थानीय तह हो भने विभिन्न जातजाति धर्मका मान्छेहरुको थलो हो भने नेपालको सबभन्दा धेरै जनसंख्या भएको स्थानीय गाउँपालिका मध्ये पहिलो गाउँपालिका हो।

बैजनाथमा नेकपा एकीकृत समाजावादी र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनका साझा उम्मेदवार शाह आफुले पाउने कुनैपनी सरकारी सेवा सुबिधा नलिएर आफ्नो हुन आउने सेवा सुबिधा तिनै घाईते अपांग द्वंन्द पीडित बिस्तापित अति बिपन्न गरिब बालबालिकाहरुको शिक्षामा लगानीमा लगाउने घोषणा गर्नुभएको छ।

बारबर्दियाको उदाहरण दिँदै शाहले स्थानीय तह भ्रष्टाचार मुक्त दीर्घकालीन योजना निर्माण निशुल्क स्वास्थ बिमा उद्योग स्थापना गरेर रोजगारीको ग्यारेन्टी ब्यवसायिक आधुनिक कृषि लगाएत स्थानीय सरकारले स्थानीय स्तरमा कृषि उत्पादनलाई वृद्धि गरेर महङ्गी नियन्त्रण अनाथ बालबालिकाहरुलाई पुर्ण रूपमा अभिभावकत्व लिने काम स्थानीय सरकार बाट गरिने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments