कोहलपुर ५ भदौ
बाँकेको कोहलपुर नगरपालिका वडा ३ मदनचोकमा शुक्रबार देखि आँखा जाँच तथा अधिकारी चस्माघर संचालनमा आएको छ ।कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आँखा अस्पतालमा समेत काम गरिसकेका आँखा चिकित्सक शंकर अधिकारीले सो चस्मा घर संचालनमा ल्याएका हुन ।
उक्त अधिकारी चस्मा घरमा आँखा उपचारकेन्द्र शुभारम्भ गरेको शुभ अवसरमा आगामी तीन महिना सम्मका लागि आँखा सम्बन्धि सम्पुर्ण चेकजाँच निशुल्क परिक्षण गरिने अधिकारीले जानकारी दिए। आवश्यकता अनुसार आँखा चेकजाँच गरेर साथै चस्मा समेत विशेष छुटमा उपलब्ध हुने भएको छ ।