Monday, November 25, 2024
spot_imgspot_img
Homeराष्ट्रियमध्य रातमा अस्पतालमै पुगेर विष्टले गरे रक्तदान

मध्य रातमा अस्पतालमै पुगेर विष्टले गरे रक्तदान

कोहलपुर १० वैशाख

युवा संघ नेपाल वैजनाथ गाउँपालिका अध्यक्ष तथा युवा  समाजसेवी प्रेम विष्ट्ले मध्य रातमा अस्पताल पुगेर रक्तदान गरेर घाइतेको ज्यान बचाएका छ्न ।
मंगलबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर दस बिगाह चोक नजिक ना ७ ख ९३३४ को माहबाहक ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका स्कुटरमा सवार कोहलपुर नगर पालिका वडा नं ५ का छवि सिजाली मगरलाइ विष्टले रगत दिएका हुन ।
मगरको उपचारको क्रममा रगतको आवश्यक परेको तर ब्लड बैंकमा तत्काल रगत उपलब्ध नभएको खबर पाएपछी तुरुन्तै बिष्ट बिहीबार गते राती १० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पुगेर रक्तदान गरेका थिए । आफ्नो रगतले कसैको ज्यान बाँच्न सक्छ भने सहयोग गर्नुपर्छ भनेर राती अस्पतालमै पुगेर रक्तदान गरेको विष्ट्ले बताए । अहिले बिरामीको अबस्थामा सुधार हुदै गइरहेको बिरामी कुरुवा अनुपमा रेग्मीले जानकारी दिए । युवा सामाजसेवी विष्ट समाजसेवामा क्रियाशिल युवा हुन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments