बैजनाथ १६ साउन
नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने माननीय सांसदहरुको नाम करिब टुंगो लागेको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशगत हिसाबमा मन्त्री बनाउनेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको स्रोतले बतायो । भागबन्डाअनुसार प्रधानमन्त्रीले माओवादीबाट अब पाँच जना मन्त्री थप्नेछन्। यसरी माओवादी केन्द्रबाट कुल ७ मन्त्री हुनेछन् ।भेगिय हिसाबले लुम्बिनी प्रदेश र नेकपा माओवादी केन्द्रको तर्फबाट समग्र दलित समुदायको प्रतिनिधित्व गर्ने गरि महेश्वर गहतराज “अथक”लाई मन्त्री बनाउने तयारी भएको खुल्नमा आएको छ।
नेकपा माओवादी केन्द्रले अहिलेको सरकारमा ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्ये बाट मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ ।स्रोतका अनुसार माओवादीबाट देवेन्द्र पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । हितबहादुर तामाङलाई बागमती प्रदेशको तर्फबाट मन्त्री बनाउन लागिएको छ ।
राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।
प्रदेश १ बाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ ।
लुम्बिनी प्रदेशबाट दलित एवं समाबेसिको प्रतिनिधित्व हुनेगरी बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज (अथक)लाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।