बैजनाथ सम्बादाता
सोमबार १८ साउन
राजधानी/ जाजरकोट जिल्ला कुशे गाउँपालिका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का ईन्चार्ज हरिभक्त नेपाली अध्यक्ष हरिचन्द्र जैसी सचीव नर बहादुर मल्ल वाईसीएल नेपाल केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला वाइसीएल ईन्चार्ज मोहित बि क लगाएतका नेता कार्यकर्ता कुशे गाउँपालिकालाई समृद्व कसरी बनाउने त्यसमा संघीय सरकार बाट बजेट ब्यवस्थापन गरिदिन योजनाको पोको बोकेर प्रतिनिधि सभा सदस्य माननीय शक्ति बहादुर बस्नेत लाई बजेट ब्यवस्थापन गर्न ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त ध्यानाकर्षण पत्रमा लेखिएको छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँ संगठन कमिटीको तर्फबाट जाजरकोट जिल्ला कुशे गाउँपालिकामा आवश्यक योजनाहरु संघीय सांसद माननीय एवं पुर्वमन्त्री शक्ति बहादुर बस्नेत ज्यु संग माग गर्दै कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन चाहन्छौं भनी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
नेकपा माओवादी केन्द्र कुशे गाउँपालिकाले माननीय बस्नेत लाई योजना सहित ध्यानाकर्षण पत्र बुझाएको छ।जसमध्ये पर्यटन खानेपानी भौतिक पुर्बाधार सिंचाइ उर्जा जलाधार तटबन्ध लगाएत कुशे गाउँपालिका भित्र का सहिद बेपत्ता घाइते अपाङ्ग योद्वा आदि का लागि करिब ४५ वटा योजना जसमध्ये सडक पुर्बाधार विद्युतिकरण लगाएत तत्काल कुशे गाउँपालिका हुँदै कुशे पाटन जाजरकोट-जुम्ला “रारा राजमार्ग NH 56 अन्तर्गत शुरुङ्गमार्ग डिपिआर का लागि बजेट ब्यवस्थापन का साथै स्थानीय जनताका आधारभुत आवश्यकता लाई आफुले पूरा गर्न माननीय शक्ति बहादुर बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभएको जानकारी माननीय शक्ति बहादुर बस्नेतका निजि सचिवालय सचीव देबराज बोहराले जानकारी दिनुभयो ।