Friday, January 10, 2025
spot_imgspot_img
HomeUncategorizedमाओवादी केन्द्र बैजनाथ सम्मेलनको बृहत् खुल्ला सत्र सम्पन्न

माओवादी केन्द्र बैजनाथ सम्मेलनको बृहत् खुल्ला सत्र सम्पन्न

बाँके जिल्लाको बैजनाथमा शनिबार नेकपा माओवादी केन्द्रको दोस्रो सम्मेलन गाउँपालिका अध्यक्ष देब बहादुर रावतको अध्यक्षता र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज “अथक” को प्रमुख आतिथ्यमा खुल्ला सत्र भब्यताका साथ सप्पन्न भएको छ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सांसद पार्बती पुन “उषा”नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र पान्डे “जेम्स”दिपेन्द्र शाह “युगान्त”र सुन्दर मुस्लिम संग केन्द्रिय सदस्य मोहम्मद अन्सारी दर्जी घाइते तथा अपांग सर्जन बिक जय बहादुर बि क “प्रदिप”नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष काली बहादुर सिंह लगाएतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रम सांस्कृतिक झाँकी सहित सम्झना बजार बाट पश्चिमका वडाहरु र बनकटवा रंगिला चोक बाट हजारौंको संख्यामा उपस्थिति लामबद्व तरिकाले करिब १ घन्टा पुर्ब पश्चिम राष्ट्रिय महेन्द्र राजमार्ग अबरुद्ध समेत भएको थियो।

कार्यक्रममा विभिन्न ब्यक्तीहरुलाई संमान एवं पार्टी प्रबेशको कार्यक्रमलाई तिब्र रूपमा सम्मान गरेर प्रमुख अतिथी मन्त्री अथक द्वारा नब प्रबेशिलाई स्वागत गर्का छन् । कार्यक्रममा स्वागत मन्तब्य प्रदिप बि क ले राखेका थिए। प्रमुख अतिथी अबेर आए पछि आज बन्द सत्र कार्यक्रम आइतबार बैजनाथ गाउँपालिका सभा हल रामपुर बाँकेमा हुने भएको छ। शनिबार बैजनाथ ५ जि गाउँ स्थित प्रभात नमुना माध्यमिक विद्यालयको खेलमैदानमा भएको कार्यक्रममा नेकपा एमाले नेपाली काङ्ग्रेस परित्याग गरि करिब १ सय ५० पचास बढि स्थानीय नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बाँके जिल्ला ईन्चार्ज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज “अथक” द्वारा अबिर फुलमाला खादा सहित भब्य स्वागत गरियो।
उक्त कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज “अथक”बिशिस्ट अतिथी लुम्बिनी प्रदेश सभा सदस्य सांसद पार्बती पुन “उषा”लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बाँके क्षेत्र नं.३ का अध्यक्ष दिपेन्द्र शाह युगान्त नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँपालिका अध्यक्ष कालि बहादुर सिंह लगाएतका करिब २ हजार नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको छ।

सबैलाई धन्यवाद दिँदै आइतबार हुने बन्द सत्रको कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न हुने जानकारीका साथै अध्यक्ष देब बहादुर रावतले कार्यक्रम समापन गरेको नेकपा माओवादी केन्द्र बैजनाथका सचीव मिरा कार्कीले जानकारी दिएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments