Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियमाग सम्बोधन गर्दै नगर प्रमुख रावत

माग सम्बोधन गर्दै नगर प्रमुख रावत

 

कोहलपुर बुधबार २६ फागुन

विगत १८ दिनदेखि आन्दोलनरत कोहलपुर नगरपालिका ११ शान्तिनगर र डुडुवा (गन्धर्व टाेल) का स्थानीय नागरिकहरु द्वारा कोहलपुर नगरपालिका कार्यालय घेराउ गरेर सम्पुर्ण कामकाज ठप्प पारेपछि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले अव्यवस्थित भुमिहिन दलित तथा सुकुम्बासीकोको माग सम्बोधन गर्ने भएका छ्न । स्थानीय वासिन्दाले अव्यवस्थित भुमिहिन दलित तथा सुकुम्बासीको लागत तत्काल लिनुपर्ने ।
बसाइँसराइ लगाएत ब्यक्तिगत घटना तत्काल गरिनुपर्ने।
कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरि तत्काल स्थायी समस्या समाधानका लागी पहल गरिनुपर्ने । माग राख्दै आएका छ्न
मंगलबार नगरप्रमुख रावत सहित बसेको बार्तामा आन्दोलन फिर्ता लिनका लागि बुधबार सम्म लिखित रूपमा माग सम्बोधन गरे मात्र आन्दोलन फिर्ता लिने बताइएको छ ।
अहिलेसम्म ६ पटक सम्म बार्ता बस्यो तर मंगलबारको बार्ता सकारात्मक भएको छ स्थानीय सरकारले माग पूरा गर्ने आश्वासन दिएको बार्तामा बसेका तिलक राज सिजापतीले बताए ।
नगर प्रमुख रावतले बसाइँ सराइ दर्ता भुमिहिन लागत संकलन संकलन गर्ने तर घर कर नलिने बताएका छन् । जग्गा सम्बन्धि ब्यवस्थापन गर्ने सरकारले त्यस्तो उचित ठाँउको सम्भावना कोहलपुर ११ वा नगरपालिका भित्र खोजी गरेर उचित ब्यवस्थापन गर्ने र हाल स्थानीय सरकारले सेवा सुबिधा सुचारु गर्ने भएपछी आन्दोलन बन्द गर्नुहोस् यो आन्दोलनमा तपाईंको माग राख्ने क्रममा अरुको अधिकार बन्चित भए अब सेवाग्राहिको माग लाई मध्यनजर गर्दै आन्दोलनको माग पनि पूरा गर्ने मंगलबारको बार्तामा नगर प्रमुखले   प्रतिबद्धता जनाएका छन् ।
बार्ता सकारात्मक भएको छ यसप्रति स्थानीय सरकारले हाम्रो माग सहित सम्बोधन गर्न बुधबार जवाफ दिने भएको छ । हामी सरकारको जवाफ फर्खेर बसेका छौँ मेयर साबले लचकता देखाउनु भएको छ हामी त्यसमा तयार छौँ हामीलाई पनि आन्दोलन गर्ने रहर छैन बाध्यता हो ।वार्तामा सहभागी एकजनाले भने
आफुहरुको उचित माग पूरा नभए सम्म आन्दोलनको स्वरुप परिवर्तन गरेर अझै सशक्त बनाएर अगाडि बड्ने छौँ र त्यसबाट भएको क्षती होस् चाहे राम्रो काम गरेर श्रेय स्थानीय सरकारले पाउने अव्यवस्थित भुमिहिन तथा सुकुम्बासी सयुक्त संघर्ष समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments