फरक प्रसंगमा अध्यक्ष नेपालले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम (एसपिपी) पारित हुने बताएका थिए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।
धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बताएका हुन्।
केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए। त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।