Thursday, January 9, 2025
spot_imgspot_img
HomeUncategorizedमानव अधिकार सम्मेलनमा सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान 

मानव अधिकार सम्मेलनमा सहभागि हुन पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान 

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बंगलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा सहभागि हुन ढाका प्रस्थान गर्नु भएको छ ।
ढाकामा हुने मानव अधिकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन आज मध्यान्ह १२.४० वजे विमान बंगलादेश एयरलाइन्सबाट उहाँ बङ्गलादेशको राजधानी ढाका प्रस्थान गर्नु भएको हो  । पूर्वप्रधानमन्त्री खनालको साथमा उहाँकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, नेकपा ( एकीकृत समाजवादी )  पार्टीका केन्द्रीय सदस्य ताज महम्मद मियाँ, नेकपा ( एकीकृत समाजवादी )  पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा रहनु भएको छ  ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले भोलि ढाका स्थित सर्वोच्च अदालतपरिषरमा आयोजित  मानव अधिकार सम्मेलन (२०२३ु लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ । भोलि शुक्रबार  पूर्व प्रधानमन्त्री खनाल र बंगलादेशकी सम्माननीय प्रधानमन्त्री शेख हसिनाको बिचमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, अन्य उच्चस्तरीय भेटवार्ताहरु पनि तय भएको खनालको सचिवालयले जनाएको छ  ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments