बाँके । बैजनाथ गाउँपालिकाका वडा नंवर ६ बस्ने २० वर्षिय दीक्षित खड्का(मिलन) को हत्या भएको छ ।
सोमबार बिहान अन्दाजी २:०० बजे बिहानको समयमा बैजनाथ गाँउपालिका वडा नं ४ एल. बी. चौक स्थित खड्काको हत्या भएको हो ।मृतक खड्कालाई ४ युवकले कुटपिट गरी सख्त घाइते बनाएकोमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार पश्चात् थप उपचारका लागि वीर अस्पताल लगिएकोमा दिउँसो २ बजे मृत्यु भएको कोहलपुर ईलाका कार्यालय प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भयो ।
खड्काको हत्या आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले ४ जनालाई पक्राऊ गरि सकेको डिएसपी मल्लले जानकारी दिनुभयो ।पक्राऊ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाँउपालिका वडा नं ३ बस्ने सुन्दर शाही, पुर्ण बुढामगर, खगेन्द्र थापा मगर, वडा नं ४ बस्ने गोविन्द बि.क.रहेका छन ।
आईतबार राति बैजनाथ ३ बस्ने पदम सुनारको घरमा बर्थ डे पार्टीमा सहभागी भएका र सोही राती गाउँकै अनुसा कटेजमा गई मादक पदार्थ सेवन गरी पुन बर्थडे पार्टीमा गई नाचगान गरी पश्चात घर फर्कने क्रममा हातमा बासको भाटालिई एल बि. चोकमा मृतक खड्का संग भेट भएको थियो । सोही क्रममा मृतक खड्काले बसपार्क जाने बाटो सोध्दा उनीहरू वीचमा वादविवाद सुरु भएको डिएसपी मल्लले बताउनुभयो।
उक्त विवाद बीच उक्त टोलीले मृतक खड्कालाई धक्कल पक्कल भूईमा लडाई लाठी प्रयोग गरी टाउकोमा प्रहार गरी सख्त घाइते बनाएका थिए ।
मृतक खड्कालाई घाइते बनाई चार जनाले घटनास्थलवाट बोकी सडकको बीच भागमा राखी आ-आफ्नो घर गई सुतेको अनुसन्धान बाट खुलेको डिएसपी मल्लले बताउनुभयो।
इप्रका बाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न मानसिहरुको पहिचान गर्ने क्रममा शंकास्पद व्यक्तिहरुले वारदातको समयमा लगाएका कपडाहरुमा रगत लागी धोई पखाली सुकाएको अवस्थामा फेला पारी शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिई अनुसनधान गर्ने क्रममा उनीहरू नै संलग्न रहेको खुल्न आएपछि थप कानुनी प्रक्रिय सुरु गरिएको उहाँले बताउनुभयो।