बैजनाथ समाचारदाता
मंगलबार १६ मंसिर
बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँ स्थित मिलिजुली स्वावलम्बन कृषक महिला बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं साधारण सभा मंगलबार सहकारीको प्राङ्गणमा सम्पन्न भएको छ।
मंगलबार १५ औं साधारण सभाको अध्यक्षता मिलिजुली सहकारीका अध्यक्ष खडक बहादुर ओलिको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला सहकारी संघ लि. बाँकेका अध्यक्ष प्रेम प्रशाद सुबेदी बिशिस्ट अतिथी बहुउद्देश्यीय सहकारी संघ लि. बांके काा अध्यक्ष बल बहादुर खड्का जग्गा दाता श्रीमती नेउलिदेबी बुढा क्षेत्री,सल्लाहकार बिधुर प्रशाद लामिछाने र मान बहादुर सिंह ठकुरी लगाएत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथी सुबेदिले यस्तो महामारीको अवस्थामा पनि सहकारी पसल संचालन गरेर सहकारीले मनग्य आम्दानी गर्न सफल भएको र अझै प्रगति उन्नतिको शुभकामना दिनुभयो।
संस्थाको कुल कारोबार ५ करोड ७७ लाख ५५ हजार ६ सय ६ रुपैयाँ कारोबार गर्न सफल भएको छ भने खुद मुनाफा लाभान्स बितरण गरेर जम्मा १२ लाख ४ हजार ४६ रुपैयाँ बर्ष २०७६/०७७ मा मुनाफा भएको छ जुन कोरोना महामारी नभएको भए दोब्बर मुनाफा हुने संस्था का लेखा संयोजक तारा रोकाले बताउनुभयो ।
कुल ५ सय ७८ शेयर सदस्य रहेको संस्थामा सहकारीमा जिल्ला संघले लिएका आठ उदेश्य मध्ये किराना पसल संन्चालन गरेर एउटा उदेश्य पुरा गरेको अध्यक्ष ओलिले बताउनुभयो । उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथी अतिथी लगाएत शेयर सदस्यहरुलाई धन्यवाद दिनुका साथै अझै नयाँ नयाँ कार्य सहकारीले गर्दै जाने जानकारीका सहित उक्त १५ औं साधारण सभामा उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभएको थियो भने उक्त कार्यक्रम सहकारीका ब्यवस्थापक बिन्दु पुनले गर्नुभएको सल्लाहकार बिधुर प्रशाद लामिछानेले जानकारी दिनुभयो ।