Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिमुख्यमन्त्री आयआर्जन मार्फत कृषक समुहलाई बाख्रा हस्तान्तरण गर्दै : नगर प्रमुख रावल

मुख्यमन्त्री आयआर्जन मार्फत कृषक समुहलाई बाख्रा हस्तान्तरण गर्दै : नगर प्रमुख रावल

जाजरकोट सम्बादाता

जाजरकोट जिल्लाको नलगाड नगरपालिमा मुख्यमन्त्री आयआर्जन कार्यक्रम मार्फत स्थानीय महिला समृद्ध कृषक समुहमा आबद्ध किसानहरुलाई कर्णाली प्रदेश सरकारको अनुदानमा आयाआर्जनमुखी कार्यक्रम अन्तर्गत आइतबार नगरपालिका कृषि शाखा मार्फत उन्नत जातका अस्ट्रेलियन बोयरजातका बोका र बाख्रा नगर प्रमुख टेक बहादुर रावलले नलगाड नगरपालिका वडा नं.२ को महिला समृद्ध कृषक समूह का ५० जना महिला सदस्यहरुलाई बोका र बाख्रा हस्तान्तरण गर्नुभएको हो।
मुख्यमन्त्री आयआर्जन कार्यक्रम मार्फत ५ वटा उन्नत जातका बोयर बोका सहित १७० वटा बाख्रा बितरन सम्पन्न गरिएको छ। उक्त बाख्रा बितरन कार्यक्रममा नगर प्रमुख टेक बहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह,कृषि शाखा प्रमुख बालकृष्ण आचार्य,स्थानीय समाजसेवी प्रशान्त शर्मा लगाएतका ब्यक्तिहरुको उपस्थितिमा बोका र बाख्रा बितरण गरिएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रावलले भन्नुभयो अब जुन हर्सोउल्लास र खुशिका साथ बाख्रा लिनुभएको छ अब त्यसलाई राम्रोसँग पालपोस गर्नुहोस् आज एउटा बाख्रा छ भने ५ बर्षमा त्यसको संख्या १०-२० भयो भने मात्र यसको सहि सदुपयोग बुझिने छ। त्यसरी मेहनत गर्दै गए यहाँका महिलाहरुलाई आत्मनिर्भर हुन बाट कसैले रोक्न सक्दैन साथै यो समुह र यसमा आवद्ध सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। समृद्व महिला समूहले सामुहिक रूपमा हामी केही गर्छौं हाम्रा लागि आत्मनिर्भर हुने कार्यक्रमको माग गरेर आज पूरा भएको छ त्यसरी नै अन्यत्र पनि धेरै समुहहरु छन् दिदिबहिनी दाजुभाइ कृषि समुहमा आबद्ध हुनुहुन्छ ।अब डाँडा गाउँले पायो हामीले पाएनौं भन्नुपर्ने गुनासो गर्न पर्दैन किनकि जसरी बच्चा रुदा मात्र आमाले दुधदिने गर्छन् त्यसैगरी कुनै पनि योजना तपाईंको घरमा सिधै आउदैन विधि र प्रक्रिया बाट काम पुरा हुन्छ र स्थानीय नागरिक प्रती नगर सरकार सधैं उत्तरदायी छ।
साथै कुनैपनी प्राबिधिक समस्या किसान दिदिबहिनी दाजुभाइहरुलाई छ भने कृषि शाखामा जानकारी दिनुहोस् तपाईंको समस्याको समाधान कृषि शाखाले तत्काल गर्ने छ। अन्य छुटनु भएका धेरै समुहहरु हुनुहुन्छ तपाईंहरु पनि आत्तिनु पर्दैन हत्तोसाहित नहुनुहोस विधि प्रक्रिया छ त्यसको दायरामा समूह मार्फत आउनुहोस् स्थानीय सरकारले के कसरी तपाईंहरुलाई सम्बोधन गर्नुपर्ने हो त्यसमा नगर सरकारको तर्फबाट मेयर रावलले प्रतिबद्धता जाहेर गर्नुभएको जानकारी नगर प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments