बाँके जिल्लाको बैजनाथ गाउँलालिका ८ निवासी लामो समयदेखि बिस्तरामै रहेका मेरुदण्ड पीडित कर्ण बहादुर कार्कीलाई स्थानीय नरेन्द्र सिंह ठकुरी,पुर्ण बहादुर जि.एम. र गोपाल सिंह ठकुरी लगाएत युवाहरूले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।
उक्त आर्थिक सहयोग संकलन गर्न युवाहरूले आफ्नो एक दिनको दैनिक खर्च बराबर सहयोग गरौं भन्ने अभियान द्वारा केही आर्थिक संकलन गरेर आइतबार पीडित कार्कीको घरमा पुगेर सहयोग हस्तान्तरण गरिएको स्थानीय जि.एम.ले जानकारी दिनुभयो ।