Friday, January 10, 2025
spot_imgspot_img
HomeUncategorizedयुवाका प्रेरणा बन्दै लक्ष्मण

युवाका प्रेरणा बन्दै लक्ष्मण

कुशल दलामी/जाजरकोट जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित नलगाड नगरपालिकाको स्थानीय बजार कालिमाटीमा बिगत ५ बर्षदेखि अटो पार्ट सञ्चालन गर्दै आएका २३ बर्षिय लक्ष्मण विश्वकर्मा ग्रामीण युवाहरूलागि प्रेरणा बन्दै गई रहेका छन्।
किशोरावस्थाको शुरुवातीक्षण १३ वर्षमै कलम र कपी समाइ स्वर्णिम सपना कोर्ने उनका कलिला हातले फलामे रेञ्च (अटो पार्ट्स मर्मतमा प्रयोग हुने सामग्री)समात्न बाध्य भए।
पारिवारिक आर्थिक दुरवस्थाको कारणले सानै उमेरमा उनको काँधमा जिम्मेवारीको बोझ थपियो। पढिलेखी सपना साकार तुल्याउने उनको तीव्र इच्छा रहर एकाएक तुहियो । गरिवीबाट उत्पन्न भएको पारिवारिक परिस्थितिका कारण उनी सानै उमेर अर्थात १३ वर्षकै कलिलो उमेरमा छिमेकी जिल्ला रूकुमको आठबिसकोट नगरपालिकाको राडि बजारमा स्थित बागेश्वरी अटाे पार्ट्समा “मोटरसाइकल धुने काममा लागे। शुरुमा मोटरसाइकल/ बाइक वास काममा दत्तचित्त भएर लागेका लक्ष्मणले पछि विस्तारै सामान्य मर्मतका काम पनि सिक्दै गए। कुनैपनि काममा अत्यन्त लगावका साथ लाग्ने उनको स्वभावले कामको सीपमा थप मद्दत पुग्दै गयो र काममा अझ सिक्ने अभिरुचि बढ्दै गयो । सिक्ने चाहना , मिहिनेत र निरन्तर लगनशीलताको कारणले दुई वर्ष पछि उनी मोटरसाइकलको मिस्त्री भए। मोटरसाइकल धुने सामान्य काम बाट प्रवेश गरेका” लक्ष्मण ” २ बर्षपछि बाईक मिस्री भए । दुई वर्षको दौरानमा उनले सिप सिक्दै गर्दा निकै तितो र मीठो अनुभव भए को सुनाए। आफूमा अब केही गर्न सक्छु भन्ने थोरै आत्मविश्वास भए पनि आर्थिक अभावको कारणले र ग्यारेजमा पनि नि:शुल्क काम गर्नुपर्ने भएकोले विकल्पको बाटो पहिल्याउनै पर्ने वाध्यात्मक परिस्थिति उनमा आयो र कामको खोजी शुरुगरी करिव १ वर्षसम्म सार्वजनिक यातायात बस मा सहयोगीका रूपमा काम गर्न थाले । बस सहयोगीका रूपमा थालेको कामबाट केही आम्दानी शुरु भएसँगै बसको काम छोडेर उनी ट्रकमा काम पाए । ट्रकमा काम गर्दै गर्दा जिन्दगीले उनलाई धेरै कुरा सिकाइसकेको थियो । सोही अवधिमा चालक अनुमतिपत्र प्राप्त गरे र तत्पश्चात १ वर्ष तल्लु डाेल्पामा जिप चलाउन थाले र गाडी चालक बनिसकेका उनी गाडी चलाउने क्रममा नै उनको जीवनले नयाँ मोडको फेरो समात्न पुग्यो । त्यो के हो भने, आफ्नै गाउँ कालिमाटीकी ईश्वरी सुनारसँग भागी विवाह गरेका लक्ष्मणले कलिलै उमेर देखि धेरै संघर्ष भोगे। ससुरा सुनचाँदी ब्यवसायी उमलाल सुनारले सिप सिकेको आधारमा छोरीज्वाईँलाई २ लाख ५० हजारमा दाईजो स्वरुप स्थापना भयो लक्ष्मण अटाे पार्टस् यसरी कयौं दु: ख कष्ट र उतारचढाव पार गर्दै आएका लक्ष्मणलाई उनको ससुरालीले ठूलो साथ र सहयोग पुर्‍याएको उनले बताए। फरिस्ते बनेर आएकी इश्वरीले उनको जीवनमा सुनौलो रङ्ग भरिदिइन। विवाहले उनको जिन्दगीको एउटा सुनौलो अवसर आएझैं जिबनसाथि नै लक्ष्मणको लागि स्वयंम साक्षात लक्ष्मी , लक्ष्मणले पाएझैं एकपछि अर्को व्यसाय र व्यापारमा श्रीवृद्धि हुदै गयो ।
हाल उनी कालिमाटीको स्थापित व्यापारी बन्न सफल भए यतीकैमा लक्ष्मणको कथा सकिन्न ..

सानै देखि कुनै पनि काममा समर्पित भए र लाग्नुपर्छ भन्ने दृढ स्वभावका लक्ष्मण आफूले केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ ५ वर्ष अगाडी ससुरालीको सहयोगमा २.५ लाख लिएर नेपालगन्ज देखि मोटरसाइकल सम्बन्धितका सामान ल्याएर अटो पार्ट्स स्थापित गरे।
लक्ष्मणको जिवनमा कालो बादल त्यतिखेर मडारियो जब उनको बुवाको दुर्घटनामा मृत्यु भयो । घडी र रेडियोको सामान्य पसल चलाएर दैनिक गुजरा गरिरहेका उनका बुवा जयराम विश्वकर्माको उनका बुवाको अकल्पनीय मृत्यु भयो। तत्पश्चात पश्चात लक्ष्मणकी आमा भगवती विश्वकर्मा का सामु दुःख को पहाड आइलाग्यो। दुई छोरा र एक छोरीको सम्पूर्ण जिम्मेवारी लक्ष्मणकी आमा भगवतीको काँधमा आयो । घरको सहारा टेको नै भाच्चिए पछि लक्ष्मणकी आमा निकै विचलित भइन। २८ वर्षको कलिलो उमेरमै आफ्ना श्रीमान गुमाउनु परेको पिडा एका तर्फ थियो भने । साना छोरा छोरीको पालनपोषण गर्ने ठूलो जिम्मेवारी थियो।
आमाको पीडा , घरको अवस्था र भाइ बहिनीको भविष्यको लागि लक्ष्मणले पढि लेखी अगाडी बढ्ने सपना लाई त्यागी दिए । कामको खोजीमा भौतारिदै कलिलै उमेरमा उनी मोटरसाइकल मर्मत गर्ने बागेश्वरी अटो पार्ट्स पुगेर सिप सिकी आत्मनिर्भर बन्ने बाटो रोजे।
नियमित विद्यालय शिक्षा लिन दैनिक स्कुल जान नसकेपनि २०७२ सालमा १० कक्षा उतिर्ण गर्न सफल भए । जसै कक्षा १० उत्तीर्ण गरे भाग्यवस सफलता पाउन पनि शुरु भयो। आफ्ना रहर हुँदाहुँदै पनि जिम्मेवारीको भारी बोकेका लक्ष्मण २०७४ कार्तिकमा बिहे गरे लगत्तै ईश्वरी र लक्ष्मणको बाईक ग्यारेज बाट ३ बर्षपछि ६० लाख बचत गरेर माईतीले दाईजो दिएको जग्गा र लगानी गरीदिएको २ लाख ५० हजार आजका मितिसम्म ५ बर्षको अन्तरालमा ६० लाखको बाईक ग्यारेज घरजग्गा १ करोड ५० लाख गरेर कुल सम्पती करीब २ करोड १० करोड सम्पती जोडन सफल भएका लक्ष्मण हाल हाल बैंकमा जम्मा बचत नभए पनि नेपालगन्ज राँझा बिमानस्थल नजिकै घडेरि कालिमाटी बसपार्कमा घडेरी चामखेतमा जग्गा जोड्न सफल भए अहिले दैनिक १०-१५ हजार आम्दानी गर्छन् भने आफ्नो ग्यारेजमा ६ जना युवाहरूलाई रोजगारी दिन समेत सफल भएका छन् ।
यसरी आफ्नो बल बुतामा शुरु गरेका ग्यारेज अहिले बजाज बाईक सर्बिस सेन्टर पुरानो बाईक खरिद बिक्री लगाएत सबै प्रकारका मोटर साइकल सम्बन्धि स्पेयर पार्ट्सहरू बिक्रि तथा बाईक मर्मत जस्ता कार्य स्वयम लक्ष्मण ले सम्हाल्दैआएका छन् तर यसरी मिहिनेत गरेर सफल व्यवसायी बनेका लक्ष्मण लाई राज्यले प्रोत्साहन गरेको छैन। अर्थात अहिलेसम्म कुनैपनि संघ संस्था, निकाय र सरकारको ध्यान भने पुगेको छैन ।
उनि भन्छन् “मेहनत गरे सुन फल्छ स्वदेशमै अनि किन अर्काको देश चहार्नु पर्यो युवाहरूलाई प्रोत्साहन संरक्षण गर्ने उद्देश्यका साथ खोलिएका संघ, संस्था यस्ता सफल व्यवसायी माथि नजर नपुग्नु राज्य प्रणालीको नै दोष होत ?
विश्वकर्मा भन्छन्” सिप सिकेर मात्र कुनैपन कार्यको थालनि गरौं ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments