Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियरहेनन् युवा ब्यवसायी भुपेन्द्र पुन

रहेनन् युवा ब्यवसायी भुपेन्द्र पुन

कुशल दलामी शुक्रबार ७ जेठ

बाँके जिल्ला बैजनाथ गाउँपालिका:-६,सम्झना निवासी ३३ बर्षका भुपेन्द्र पुनको शुक्रवार बिहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ।बुवा हरि बहादुर पुनका साईलो छोरा भुपेन्द्र पुनको जन्म बि.स.२०४५ साल कार्तिक २८ गते आमा हस्तकला पुनको कोखबाट भएको थियो। भुपेन्द्र एक सालिन र बौद्धिक मिलनसार युवा ब्यवसायी थिए।साथिभाईहरुसँग सधैं हँसिलो स्वभावका उनी पछिल्लो समय निर्माण सम्बन्धि काम गरेर समाजसेवा गरिरहेका थिए। प्राय जसो सबैले सामाजिक संजालमा उनलाई एउटा बैजनाथको उदाउँदो ताराको सङ्ज्ञा दिएका छन् भुपेन्द्र साच्चिकै उदाउँदो तारा थिए ।
उनको अन्तिम सस्कारमा पुर्ब सिचाइ राज्यमन्त्री एवं नेकपा एमाले का केन्द्रिय सल्लाहकार सदस्य दल बहादुर सुनार नेपाली काङ्ग्रेस महासमिति सदस्य देब बहादुर खत्री नेपाली काङ्ग्रेस सहकारी बिभाग केन्द्रिय सदस्य देब बहादुर के सि नेपाली काङ्ग्रेस बैजनाथ का सभापति गगन खत्री बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल लुम्बिनी प्रदेश सहकारी संघ लि का अध्यक्ष प्रेम प्रशाद सुवेदी लगाएतका हस्ती तथा नेता कार्यकर्ता युवा लगाएतका ब्यक्तिहरु अन्तिम सस्कारमा सहभागी रहेकोे थिए।

भुपेन्द्र नेविसंघ बाँके का सदस्य एवं नेपाली काङ्ग्रेस का क्रीयाशिल सदस्य थिए। नेपाली काङ्ग्रेस महासमिति सदस्य देब बहादुर खत्रीले पार्टीको झन्डा ओढाएर भुपेद्र को अन्तिम बिदाई गर्नुभएको हो ।पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै दिबङ्गत आत्माको चिरशान्तिको कामना र समबेदना प्रकट गर्दै एक मिनेटको मौन धारण गरेर मानखोलामा अन्तिम संस्कार गरिएको हो। मृतक भुपेन्द्र हरि बहादुर पुन (HBP) कन्ट्रक्सन एन्ड सप्लायर्स का संचालक थिए भने उनी अविवाहित थिए।

उनको अन्तिम संस्कार कोरोना कहरको बिचमा पनि सयौं जना उनको दाहसंस्कारमा सरिक मध्ये राजनीतिकर्मि समाजसेवी युवा सबैको मनमा बस्न सफल पुनलाई श्रद्धाञ्जली दिनेहरुले विभिन्न नामको सम्बोधन गरेका छन् । उदाउँदो तारा उदाउँदो नक्षत्र बैजनाथको हस्ती सफल ब्यापारी मिलनसार सबैको मन मस्तिष्कमा बस्न सफल ब्यक्ति पुनको मृत्युले सम्पुर्ण बैजनाथ शोकमा डुबेको छ। भुपेन्द्र बैजनाथ राष्ट्रिय दैनिकका शुभचिन्तक एवं बिज्ञापनदाता थिए ।

शुक्रबार नै बैजनाथ ५ न्यु सिटि निवासी ठग्गा थारुको ५० बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments