बैजनाथ संम्बादाता मंगलबार ४ जेठ
बाँके जिल्ला बैजनाथ गाउँपालिका नेकपा एमाले र युवा संघ नेपाल बाँके द्वारा बिगत लामो समयदेखि कोरोना बाट मृत्यु भएका सतमान पुनको मानखोलामा दाहसंस्कार गरिरहेका छ।
मंगलबार(एमाले) रुकुम पूर्वका नेता तथा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य सतमान पुनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएपछि युवा संघ नेपाल बाँके का युवाहरु द्वारा मानखोलामा अन्तिम संस्कार गरिएको हो।
बाँकेको मान खोलामा बाँकेका युवाहरु द्वारा अन्तेस्टिमा नेकपा एमाले का युवा नेता तथा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य राजु रुचाल समाजसेवी लिल बहादुर नेपाली यज्ञ पुन सुनिल रसाइली युवा संघ नेपाल बाँकेका सदस्य खगेन्द्र तिरुवा युवा संघ नेपालका सदस्य दिपक कार्की मिलन शाही लगाएतको उपस्थितिमा नेकपा एमाले का नेता पुनको पार्थिब शरीरमा पार्टीको झन्डा ओडाएर सम्मान व्यक्त गरेर अन्तिम संस्कार गरिएको युवा संघ नेपाल बैजनाथका अध्यक्ष प्रेम बिष्टले जानकारी दिनुभयो ।
युवा संघ नेपाल र नेकपा एमालेले दोश्रो चरणको कोरोना संक्रमन बाट मृत्यु भएका सबै जिल्लाका मृतकहरुको अन्तिम संस्कार गर्दै आएको छ भने मंगलबार बैजनाथका विभिन्न वडामा कोरोना बाट संक्रमितको घरमा पुगेर फलफुल बितरण समेत गरेको छ।