बाँके जिल्लाको बैजनाथ गाउँपालिका ३ बैरहवा स्थित खुल्ला फिल्डमा शनिबार नेकपा एकीकृत समाजवादीको गाउँपालिका स्तरीय जनबर्गिय संगठन कमिटीले पुर्णता पाएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटी अध्यक्ष काली बहादुर सिंहको अध्यक्षतामा पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनारको प्रमुख अतिथि केन्द्रिय सदस्य अशोक कोइराला र अब्दुल हुसैन खान बाँके जिल्ला सचीव दिपक जि एम क्षेत्र नम्बर ३ सचीव राजु रुचाल युवा संघ बाँके अध्यक्ष राजु तामाङ सचीव सुनिल रसाइली समाजवादी अनेम संघ केन्द्रिय सदस्य मन्जु कोइराला जिल्ला अध्यक्ष नारायणी ओलि प्रदेश कमिटी सदस्य राम कृष्ण बि क मन कुमारी चन्द लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बैजनाथ अध्यक्षमा दिपक कार्की सहित ३७ सदस्यीय कमिटी निर्माण गरिएको छ भने कार्की शिवालय युवा क्लब जि गाउँका अध्यक्ष समेत भएकोले युवाको अध्यक्षको जिम्मेवारी उनले पाएको बहन गर्न सम्पुर्ण युवाहरूलाई साथमा लिएर पुर्ण गर्न सहज हुने छ।नेकपा एकीकृत समाजवादी बैजनाथका सचीव कन्चन गौतमले जानकारी दिनुभयो।