नेपालगन्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका युवा नेता किशोर थापा मनोनीत भएका छन् ।
नेकपा एमाले निकट युवा संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका प्रभावशाली युवा नेता किशोर थापालाई मनोनीत गरेको हो ।
नेता थापा एकतापुर्व रहेको युवा संघ नेपालको बाँकेका अध्यक्ष थिए भने नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकता पछि बनेको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेका थिए ।
नेकपा बाँकेको युवा तथा विद्यार्थी राजनितीमा गेम चेन्जर ब्यक्तिको रुपमा हेरिने नेता थापा लामो समयदेखि युवा र पार्टीको राजनितीमा सक्रिय बन्दै आएका छन् । उनी युवा संघ नेपालको केन्द्रिय सदस्य समेत हुन् । नागरिक समाज बाट