जाजरकोट जिल्लामा नेपाल सरकार कर्णाली प्रदेश का उर्जा जलस्रोत सिंचाइ एवं खानेपानी मन्त्री गणेश प्रशाद सिंहलाई मंगलबार प्रेस सेन्टर नेपाल जाजरकोट शाखा अध्यक्ष लोकेन्द्र बिक्रम शाहीको अध्यक्षतामा स्वागत सम्मान एवं बधाई कार्यक्रम सप्पन्न गरेको छ।
उक्त सम्मान तथा स्वागत कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य हेमन्त के सि नेकपा माओवादी केन्द्रिय कर्णाली प्रदेश कमिटी सदस्य मोहित बि क योङ्ग कम्युनिस्ट लिग नेपाल जाजरकोट संयोजक लोकेन्द्र राना अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष कृष्ण सिंह लगाएतको उपस्थिति रहेको थियो।
मन्त्री सिंहले गृहजिल्लालाई सर्बप्रथम सडक सन्जाल बिस्तार विद्युतीकरण,खानेपानी सिंचाईका योजना अनुगमन शिलान्यास र बिद्यालय भवन उद्घाटन गरेर जिल्लालाई समृद्व बनाउन सबै जनतालाई एकमन एकताका साथ अगाडि बढ्न अनुरोध गर्नुका साथै कुनै पनि निर्माणधिन योजना बजेटको अभावका कारण बन्द हुन नदिने प्रतिबद्धता गरेको बताउनुभयो ।
जाजरकोट जिल्लालाई उज्यालो बनाउने विकल्प खोजिरहेको समेत बताउनुभएको छ।उर्जा, जलस्रोत र सिंचाई क्षेत्रका योजनाहरु अलपत्र पार्ने ठेकेदारहरुको लिस्ट बनाई तत्काल कारबाही गरिने मन्त्री सिंहले बताए।
आफ्नो कार्यकाल सम्म जाजरकोटका गाउँ गाउँमा विद्युत, टेलिफोन, खानेपानी, सिंचाई क्षेत्रमा सक्दो काम गर्ने मन्त्री सिंहले बताउनुभयो।फागुन १३ गते गृहजिल्ला जाजरकोट पुगेका सिंहले जिल्लाका एक दर्जन भन्दा बढी आयोजनाहरुको शिलन्यास गरेको मन्त्री सिंहको सचिवालले जनाएको छ । बारेकोटको नायकवाडा सिंचाई, नौफेरी सिंचाई तथा खानेपानी, भेरी नगरपालिका भुरको खानेपानी, कुदु खानेपानी, नलगाडको नहकुली खानेपानीलाई विशेष महत्वका साथ हेरिएको छ।उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष शाहिले आफ्नो संगठनले आयोजना गरेको कार्यक्रममा उपस्थित भएकोमा सम्पुर्ण सन्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै मन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना सहित कार्यक्रमको समापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सन्चालन प्रेस सेन्टर जाजरकोट शाखा सचीव काली बहादुर नेपालीले गर्नुभएको थियो।