बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित रहेको समुदायिक वनबाट मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको वन डिभिजन कार्यालय बाँकेका प्रमुख दाधिराम कंडेलले जानकारी दिनुभएको छ।
पछिल्लो समय राप्तीसोनारीमा बाघले मान्छे माथि पटक पटक आक्रमण गरि मान्छे खानुका साथै धेरैलाई घाइते बनाएको थियो भने नियन्त्रण्मा आएको बाघलाई खोरमा लैजाने तयारी गरिएको प्रमुख काँडेलले बताए।