Sunday, November 24, 2024
spot_imgspot_img
Homeसमाजराप्तीसोनारीको ढकेरीमा गौशालाको शिलान्यास

राप्तीसोनारीको ढकेरीमा गौशालाको शिलान्यास

कोहलपुर २२ असोज

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा शुक्रबार गौशालाको शिलान्यास गरिएको छ । गौशालाको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीको आयोजनामा झिझिरी खोला किनारमा रहेको खाली जमिनमा गौशालाको शिलान्यास गरिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष थारुले ढकेरीमा बनाउन लागीएको गौशालालाई आवश्यक पर्न सहयोग गर्न गाउँपालिका तयार भएको बताए ।

कार्यक्रम बोल्दै बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीका अध्यक्ष पुर्षोतम पौडेलले आफुले गाइहरुको व्यवस्थापन गरिरहेको र स्थानीय सरकारको सहकार्यमा गाइहरुलाइ व्यवस्थापन गर्न गौशाला निर्माण गर्न लागीएको बताए । अहिले गौशालामा करिब ६० वटा गाइहरु रहेका र बाँकी छाडा गाइहरु लाई गौशालामा व्यवस्थापन गर्ने तयारी गरिएको उनले बताए।
गौशालामा पहिलो चरणमा ग्वाला (गाईको रेखदेख गर्ने व्यक्ति ) हरु बस्नलाई दुई कोठे पक्की भवन निर्माण गरिने बताएको छ । सामाजसेवी सिरधर उपाध्यक्षले सडकमा रहेका छाडा गाई गोरुले स्थानीयको बालीनाली खाइदिने र गाडीहरुले गौमातालाइ किच्ने गरेका कारण उनीहरूको सुरक्षा लागि गौशाला निर्माण गर्न लागीएको बताए । अहिले ६० बाइ ३५ मिटरको पक्की पिलर सहितको गौशला बनाउने योजना बनाएका छौ सहयोग प्राप्त भएपछि ३० देखि ४० लाखको संरचना निर्माण हुन्छ उनले भने गौशाला शिलान्यास कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष महावीर वली , राजनीतिकदलका प्रतिनिधि , साधु सन्त , समाजसेवी , स्थानीयवासी लगायतको सहभागीता रहेको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments