Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिराप्तीसोनारीको बालापुरमा सिंचाई सुविधा पुगेपछि स्थानीय खुसी

राप्तीसोनारीको बालापुरमा सिंचाई सुविधा पुगेपछि स्थानीय खुसी

राप्तीसोनारी ६ साउन
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ स्थित बालापुरमा करिब ८० विगाह क्षेत्रफलमा जग्गामा सिंचाई सुविधा पुगेको छ । बालापुरमा सिचाईका लागी डिप ट्युवेल निमार्णको काम सकिए संगै करिब ८० विगाह क्षेत्रफलमा सिंचाई गर्न सकिने मिलनसार डिप ट्युवेल निमार्ण जल उपभोक्ता समितिका अध्यक्ष यमराज खड्काले जानकारी दिए । बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका युवा खेलकुद मन्त्री महश्ेवर गहतराज अथकको विशेष पहलमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट १ करोडको लागतमा निमार्ण गरिएको सो डिप ट्युवेलको माध्यमबाट बालापुरको ८० विगाह क्षेत्रफलमा सिँचाई पूग्ने अनुमान गरिएको छ ।
सिक्टा सिंचाइ आयोजनाको छेउमै भएको नहरबाट सिचाइ सुविधा नपुगेका क्षेत्रका लागी सो परियोजना अन्र्तगत किसानहरुलाई सिचाई सुविधा पु¥याउन डिप ट्युवेल जडान गरी सिचाई गर्ने व्यवस्था मिलाउन परियोजना संचालन गरिएको नेपाल सरकारका खेलकुद मन्त्री महेश्वर गहतराज अथकको सम्पर्क कार्यालय कोहलपुरका सचिव शिव सुनारले बताए ।देशकै ठुलो सिक्टा सिचाई आयोजनाको मुल नहर बालापुरको किनारबाटै बग्ने गरेपनि बालापुर सिचाईबाट वञ्चित हुनु परेको अवस्थामा डिप ट्युवेलबाट सिचाइ सुविधा पुगेकोमा बालापुरवासी निकै खुसी भएको स्थानीय शेर बहादुर खड्काले बताए ।
करिब ४०० फिट गहिराइमा डिप ट्युवेल गाडीएको छ भने १५ सय मिटर पाइप विस्तार गरिनुका साथै ट्याकी घर निर्माण कार्य समेत सकिएको छ । विद्युत जडानका काम सकिएको र विद्युत मिटर आउन वित्तिकै पानी सिचाई गर्न सुरु गरिने अध्यक्ष खड्काले बताए । किसानले सिँचाइ गरे वापत हाल विद्युत महसुल मात्र तिनुपर्ने खड्का बताउँछन । सिचाइबाट बालापुरमा कृषि उत्पादनमा वृद्धि हुनुका साथै बेमौसी तरकारीहरु उतपादनमा सहयोग पुग्ने बताइएको छ । डिप ट्युवेलबाट बालापुरका डाँडाटोल,स्कुलटोल ,बेलगैरा टोल तथा मन्दिर टोलका किसानहरुलाई सिचाँई सुविधा पुगेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments