Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिराप्तीसोनारीमा व्यवसायीक धान खेती तालिम

राप्तीसोनारीमा व्यवसायीक धान खेती तालिम

बैजनाथ समाचारदाता

राप्तीसोनारी ३ वैशाख

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ ।
राप्तीसोनारी गाउँ पालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन गरिएको तालीमको उद्घाटन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ९ का कार्यवाहक वडाध्यक्ष पुर्ण बहादुर वलीले राप्तीसोनारी गाउँपालिका उर्वर भुमी भएकोले खाद्यान्न तथा तरकारी बालीबाट किसानहरूले राम्रो आयआर्जन गर्न सकिने बताउदै पालिकाले किसानहरूलाई ५०%अनुदानमा बिउबिजन तथा सिचाइ सामाग्री सहयोग गरिने तयारी गरेको बताए । त्यस्तै उनले कोरोनाको महामारी बाट वच्न स्वास्थ मापदण्ड पालन गर्न आग्रह गर्दै नयाँ वर्षको शुभकामना सन्देश समेत दिएका छन ।

राप्ती सोनारी गाउँपालिकाले ९ वटै वडामा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेतीका लागि १ करोड रुपैयाँ विनियोजन गरेको प्रत्येक वडाका अगुवा किसानहरूको छलफल पश्चात् ५० प्रतिशत अनुदानमा किसानहरुलाइ खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेतीका लागि बीउ विजन , सिचाइ सामाग्री तथा कृषि यन्त्र उपलब्ध गराउने जनाएको छ । जस अन्तर्गत राधा -४ मुल बीउ प्रमाणित बीउ , उन्नत बीउ किट्नाशक औषधि पावरटिलर,पम्प सेट मोटर धान थ्रेसर ,रोडा वेटर लगायतका रहेका छ्न।

गाउँपालिकाले साकार कृषि सहकारीको समन्वयमा कार्यक्रम संचालन गरेको र अहिले हरेका वडाका अगुवा किसानहरूको छलफल भैरहेको र उपयुक्त स्थानको छनौट पछि कार्यक्रम संचालन गरिने साकार कृषि सहकारी संस्थाका प्रतिनिधि बल बहादुर सुनारले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका वडा न ९ कि कृषि प्राविधिक प्रेमा खत्रीले कृषि क्षेत्रमा किसानहरूलाई आधुनिकीकरण गर्न र प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा न ९ का कृषि समुहका अगुवा कृषकहरु, समाजसेवी बुद्धिजीवी लगायतको सहभागीता रहेको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments