Thursday, November 28, 2024
spot_imgspot_img
Homeसम्पादकियसफलताकाे कथाराप्तीसोनारी ५ बिनौनामा बत्ति बल्यो, संघियसांसद :अथक 

राप्तीसोनारी ५ बिनौनामा बत्ति बल्यो, संघियसांसद :अथक 

 

बाँकेमा विद्युतिकरण भएको ४६ वर्ष पछी राप्तीसोनारी ५ बिनौनामा पहिलो पटक बत्ती बलेकोछ । शनिबार बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकको उपस्थितिमा संविधान दिबवसको अवसर पारि गरिएको एक समारोहमा स्थानिय ज्येष्ठ नागरिक ८० वर्षिया हिरदा देबी खड्काले बत्तिको स्विच अन गरि बात्ति बाल्ने कार्यको शुभारम्भ गरेकि हुन । बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तिपारीको विद्युतिकरणलाई पहिलो प्राथमिकतामा राखी केन्द्र देखि जिल्ला सम्म निरन्तर पहल गरेपछि बिनौनामा बत्ती बल्न सफल भएको हो । संविधान दिवसको शूभकामना दिदै बाँके क्षेत्र नं. १ का संघिय साँसद अथकले राप्तीपारीको विद्युतीकरणको ठेक्का १२ वर्ष अघि भएपनि ठेकेदारको लापरवाहीका कारण ढिला भएको बताउँदै ठेकेदारको ठेक्का रद्ध गरि विद्युत प्राधिकरण मार्फत काम गरेकाले बिनौनामा बत्ती बल्न सफल भएको जनाए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद अथकले यसै आर्थिक वर्ष भित्रमा राप्तीपारीका सबै क्षेत्रमा पुर्ण विद्युतीकरण गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरेकाछन । कार्यक्रममा बोल्दै ५ नं. प्रदेस साँसद कृष्णा के सी नमुनाले संघिय साँसद अथक र आफ्नो निरन्तर पहलकदमीका कारण राप्तीपारीको विद्युतिकरणले सफलता पाएको बताइन । संविधान सभा सदस्य पट्टु थारुले संविधान दिवसको अवसरमा बिनौनामा बत्ती बल्न सकेकोमा खुसी वयक्त गर्दै संघिय साँसद अथक र प्रदेस साँसद नमुना लाई धन्यबाद ज्ञापन गरे । उनले बाँकी रहेको स्थानहरुमा पनि बत्ति बाल्न निरन्तर लागिपर्न आग्रह गरे । राप्तिसोनारी वडा नं. ५ का अध्यक्ष झगरु थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा क्षेत्र नं. १ समन्वय समितिका संयोजक सुर्य ढकाल राप्तिसोनारी नेकपा गाउँ कमिटी अध्यक्ष चिम बहादुर घर्ती नेकपाका जिल्ला कमिटि सदस्य बलराम भट्टराइ लगायतको सहभागिता रहेको थियो । लामो समय सम्म बत्तिको पर्खाइ रहेका बिनौना बासी बत्ति बलेपछी हर्षित भएका छन


 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments