Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजशिक्षाराप्तीसोनारी ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

राप्तीसोनारी ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

राप्तीसोनारी १५ पुस
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ मा शुक्रबार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानपानी पुगेको क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बिच खानेपानीय्क्त समुदाय घोषणा गरेका थिए । सो अवसरमा पौडेलले ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लक्षीराम केसीलाई खानेपानीय्क्त समुदाय घोषणा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका भित्रका केही वडाहरुमा सुरक्षित खानेपानीको समस्या रहेका बताउदै गाउँपालिकाले खानेपानी तथा सरसफाइ सम्बन्धि निमावली तयार पारेका बताए । खानेपानी विकासको पहिलो पुर्वाधार भएको बताउदै उनले खानी पानीको समिति र टयाङकी निमार्ण गर्नु मात्रै ठुलो कुरा नभएर जनतालाई सुरक्षित खानेपानी पु¥याउनु काम महत्वपुर्ण भएको बताए ।
ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना युनिसेफ नेपाल र खानेपानी महासंघको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगज बाँकेले समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानैले संस्था अध्यक्ष लक्षीराम केसीलाइ स्वामित्व प्रमाण हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारुले राप्तीसोनारीको वडा नं ९ ले सुरक्षित खानेपानीयुक्त समुदाय सो घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन । कार्यक्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगीले यस अघि वडा नं ८ मा पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको बताउदै समुदाय स्तरमा सरसफाइ र खानेपानीका विषयमा निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले वडा र पालिकालाइ सुरक्षित खानेपानीयुक्त घोषणा गर्ने कार्यतालिका अनुसार समितिले आवश्यक मापदण्ड पूरा गरीसकेकोले समुदायलाइ घोषणा गरिएको गरिएको बताए ।
कार्यक्रममा बोल्दै खानेपानी महासंघ बाँकेका अध्यक्ष भद्र प्रसाद देवकोटाले खानेपानी महासंघ र युनिसेफको सहकार्यमा वडा,पालिका र जिल्ला खानेपानीयुक्त घोषणा गर्ने कार्यक्रम लाई अगाडि बढाइएको बताए । कार्यक्रमा पन्चैबाजा,थारु नृत्य,लगायतका विविध सांस्कृति प्रस्तुति रहेका थिए । समितिका अध्यक्ष लक्षीराम केसीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु राजनितिकदलका प्रतिनिधिहरु,सामुसदायिक वनका प्रतिनिधिहरु,शिक्षक,विद्यार्थी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments