Thursday, November 21, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिराप्ती बालुवा प्रशोधन उद्योगद्धारा राजपुरमा सरस्वतीको मन्दिर निमार्ण

राप्ती बालुवा प्रशोधन उद्योगद्धारा राजपुरमा सरस्वतीको मन्दिर निमार्ण

राप्तीसोनारी १२ माघ
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ राजपुर स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बिहीबार सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । राप्ती बालुवा प्रशोधन उद्योग राप्तीसोनारी २ ले निमार्ण गरेको सो मन्दिर सरस्वती पुजाको अवसर पारेर उद्घाटन तथा पुजापाठ तथा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले रिबन काटेर मन्दिरको उद्घाटन गरेका थिए । मन्दिर उद्घाटन कार्यक्रम पछि बोल्दै अध्यक्ष पौडेलले क्रसर उद्योगले विद्यालमा सरस्वतीको मन्दिर निमार्ण गरिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले विद्यालयमा निमार्ण गरिएको मन्दिरको संरक्षण सम्द्धर्वन र गुणस्तरिय शिक्षामा विशेष जोड दिनुपर्ने बताए । साथै उनले राजपुरका विद्यार्थीहरु मा.वि तह अध्ययन गर्न पेरानी जानुपर्ने बाध्यता रहेको र परुवा खोलामा पुल नभएका कारण सास्ती झल्न परेको बताउदै परुवा खोलामा पुल निमार्णका लागी गाउँपालिकाले डिपिआरको लागी समन्वय गरिसकेको बताए ।
कार्यक्रममा बोल्दै राप्ती बालुवा प्रशोधन उद्योगका संचालक बल बहादुर खत्रीले समाजिक क्षेत्रमा पनि उद्योगको भुमिका रहेको र केही समाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने उद्देश्य विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण गरिएको बताए । साथै उनले विद्यालयलाई हरेका बर्ष आर्थिक सहयोग गर्दै आएकोे बताउदै आर्थिक अभावका पढ्न नसक्ने विद्यार्थीहरुलाइ आर्थिक सहयोग गर्ने समेत बताए । राप्ती बालुवा प्रशोधन उद्योग संचालक शोक बहादुर वली,बल बहादुर खत्री र भुपेन्द्र के.सीले संयुक्त रुपमा ४ लाख ७५ हजार ७ सय २७ रुपैया को लागतमा मन्दिर निमार्ण तथा सरस्वतीको मूर्ति स्थापना गरेका हुन र उद्योगका संचालक बल बहादुर खत्रीले विद्यालयका प्रधानाध्यापक गेहेन्द्र न्यौपानेलाई मन्दिरको साचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्दिर निमार्णमा सहयोग गर्ने राप्ती बालुवा प्रशोधन उद्योगका संचालकलाई लाइ सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर वलीको सभापतित्वमा भएको कार्यक्रममा जनप्रनिधि,समाजसेवी, अभिभावक,विद्यार्थी लगायतको सहभागीता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक दल बहादुर वलीले कार्यक्रमको संचालन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments