Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedराष्ट्रपती रनिङ्ग शिल्डमा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गर्ने छौँ:अध्यक्ष शाही

राष्ट्रपती रनिङ्ग शिल्डमा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गर्ने छौँ:अध्यक्ष शाही

बाँके:बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति संयोजक महाबिर थारुको अध्यक्षता एवं बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय राष्ट्रिय रनिङ शिल्ड छनौट प्रतियोगितामा सहभागी हुनजाने खेलाडीहरुलाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

उक्त शुभकामना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल बैजनाथ २ नम्बर वडा अध्यक्ष राजु रुचाल ३ नम्बर वडा अध्यक्ष निखिल बैगार बैजनाथ गाउँपालिका खेल प्रशिक्षक एवं जिल्ला कबड्डि संघ अध्यक्ष जनार्दन के सि (जनक) बैजनाथ खेलकुद बिकास समिति सदस्य नवराज रावल,मिना मल्ल,भिम बहादुर दमाई र सुमित्रा बिश्वकर्मा लगाएत बैजनाथ गाउँपालिका बाट छनौटमा परेका खेलाडीहरुको उपस्थिति रहेको थियो।

राष्ट्रपती रनिङ्ग शिल्ड छनौट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन स्थान प्राप्त गर्न खेलाडीहरुलाई गाउँपालिका अध्यक्षले खेलकुद बिकास समिति संयोजक र खेलाडीहरुलाई जर्सि अनावरण सहित हस्तान्तरण गरीएको छ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहीले खेलाडीहरुका कारण बैजनाथको नाम जिल्ला र देशब्यापी रूपमा स्थानीय गाउँपालिका नाम रोशन हुने भएकोले राष्ट्रपती रनिङ्ग शिल्डमा उत्कृष्ट हुने खेलाडीलाई गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले प्रमाणपत्र नगत सहित सम्मान गर्ने घोषणा गर्नुका साथै खेलाडीलाई प्रोत्साहन संरक्षण गर्न स्थानीय सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभएको छ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै खेल प्रशिक्षक जनक के सि ले मासिक रूपमा अलग अलग खेलको प्रतियोगिता गराए अझै खेल जगतमा नयाँ फड्को मार्ने र स्थानीय सरकारले त्यसको ब्यवस्थापन गर्न अनुरोध गर्दै खेलाडीहरुलाई अग्रीम शुभकामना ब्यक्त गर्नुभएको हो।
गाउँपालिका उपाध्यक्ष रोकायले खेलाडीहरुको साथमा सदैब स्थानीय सरकार रहने प्रतिबद्धताका साथै अग्रीम जितको शुभकामना ब्यक्त गर्दै स्थानीय सरकार प्रमुख उप प्रमुख वडा अध्यक्ष खेलकुद बिकास समिति लगाएतको शुभकामना ब्यक्त गर्नुभएको थियो।

खेललाई नयाँ उचाइमा पुर्याउन खेलाडीहरुलाई आवश्यक सबै तयारी पुरा भएको र अझै उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना ब्यक्त गर्दै सभा अध्यक्ष एवं बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले बताउनुभएको शिक्षा शाखा कर्मचारी लाल बहादुर बोहराले जानकारी दिनु भयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments