Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकृषिराष्ट्रिय कृषक समुह महासंघ नेपालको शाखा खजुरामा खुल्यो

राष्ट्रिय कृषक समुह महासंघ नेपालको शाखा खजुरामा खुल्यो

बुधबार २३ भदौ
बाँकेको खजुरामा बुधबार एक कार्यक्रमका बिच राष्ट्रिय कृषक समूह महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सर्बजित बिष्ट सभाध्यक्षमा बाँके क्षेत्र न.३ (क)लुम्बिनी प्रदेश सभा सदस्य माननीय ईन्द्र प्रशाद शर्माको प्रमुख आतिथ्यमा देशको चौथो शाखाका रूपमा खजुरा गाउँपालिका ३ खजुरा बजार स्थित राष्ट्रिय कृषक समुह महासंघ नेपालको लुम्बिनी प्रदेश सम्पर्क कार्यालय खजुरामा बुधबार समुद्घाटन गरिएको छ।
प्रमुख अतिथी खरेलले कृषि अनुदानको दुरुपयोग भएको बताउनुभयो लुम्बिनी प्रदेश बाट ५० लाख कृषि अनुदानमा ५० वटा कागतिका बिरुवा जस्तो नभएर सहि कृषक पहिचान गरियोस् नकि कुनैपनी राजनीति पहुँचका आधारमा अनुदान तथा सौलियत प्रदान गर्नेजस्ताकाम नगरी निस्पक्षरुपमा सम्पुर्ण कार्यक्रम सम्पन्न गर्न शुभकामना व्यक्त गरे।
बिशिस्ट अतिथी खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार
कक्षपतिले खजुरामा लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना गरेकोमा स्थानीय सरकार प्रमुखको हैसियतले आफुले गर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता गरे।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व गरेर उपस्थित भएका तिलक के सि,जुना थापा,भगतसिङ थापा,उमेश कुमार कर्न, बुद्धि थापा,नहकुल थापा लगाएतका ब्यतिहरुको कार्यक्रममा सहभागीता रहेको थियो।औपचारिक रुपमा कार्यलय उदघाटन हुनुभन्दा अघि नै बैजनाथ गाउँपालिका र डुडुवा गाउँपालिकामा कार्यक्रम सन्चालन भएको कृषि अभियन्ता सचीव मेगनाथले जानकारी दिए ।
बिगत लामो समय देखि कृषिसंग सम्बन्धित सरकारी कार्यालय संघ संस्था सन्चारकर्मी सम्पुर्णको सहयोग पाइएको साथै आगामी दिनहरुमा बाँके र बर्दियाका विभिन्न स्थानीय निकायहरुमा सन्चालन भैरहेको थियो।
कार्यक्रमका सभाअध्यक्ष बिष्टले प्रमुख अतिथिले दिएको सुझावलाई आफुहरुले कार्यान्वयन गर्ने प्रतिबद्धता संगै कार्यक्रमको समापन गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सरतेन्द्र बजालले गरेको जानकारी कृषि अभियान्ता सचिन मेघनाथले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments