बैजनाथ सम्बादाता शुक्रबार २१ कात्तिक
बाँके जिल्लामा शुक्रबार ८ जना पुरुषलाई डिस्चार्ज गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। हालसम्म बाँकेमा ३ हजार ३ सय १३ जना कोरोना संक्रमित भएका छन् ।
कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत कार्तिक ११ गते जिल्लाका विभिन्न आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । जिल्ला कोभिड १९ रोकथाम तथा नियन्त्रण केन्द्र बाँकेको निर्णय अनुसार १० दिन पुगेका र विगत तिनदिन देखि कुनै लक्षण नभएका बिरामीहरुलाई घरमा १ हप्ता छुट्टै बस्ने गरि डिस्चार्ज गरिएको बताइएको छ ।
अब विभिन्न आइसोलेसनमा ३ सय १० जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लाका ३४ जनाको र जिल्ला बाहिरका उपचारका क्रममा २१ जना जनाको मृत्यु भइसकेको छ ।