Saturday, November 23, 2024
spot_imgspot_img
Homeसमाजस्वास्थ्यराष्ट्रिय युवा संघ बैजनाथद्वारा रक्तदानमा सहभागी हुन अपिल

राष्ट्रिय युवा संघ बैजनाथद्वारा रक्तदानमा सहभागी हुन अपिल

बैजनाथ : बाँकेमा कोरोना कहर पछि ब्लडको अभाव  भए संगै राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिको आयोजनामा  १९ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको छ ।

बैजनाथ गाउँपालिकाको कार्यालयमा आयोजना गर्न लागिएको बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन सम्पुर्णमा राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिकाले आव्हान समेत गरेको छ ।

जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम रहेकै बेला रगत अभाव नहोस् भनेर राष्ट्रिय युवा संघ नेपाल बैजनाथ र नेपाल कम्युनिष्ट पार्टी नेकपा बैजनाथ गाउँ कमिटिले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका संयोजक अगन मल्ल ठकुरी (अशोक) बताउछन् ।

संयोजक अगन मल्ल ठकुरी (अशोक)

‘हाम्रो उदेश्य भनेको जिल्लामा कसैले पनि रगत अभाव महसुस गर्न नपरोस् भन्ने हो, कोभिड संक्रमण रहेकै कारण जिल्लामा रगत अभाव रहेको र दाताहरुको पनि कमि रहेको बेलामा त्यसै अभावलाई कम गर्न राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिकाले बृहत रक्तदानको कार्यक्रम १९ गते गर्न लागेको छ र हामी सबै गाउँपालिकाबासीका साथै सम्पुर्णमा बृहत रक्तदान कार्यक्रममा सहभागी हुन अपित समेत गर्दछु’ , अध्यक्ष ठकुरीले बताए ।

राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिकाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता तथा मदन आश्रति स्मृति दिवसको उपलक्ष्यमा जेठ महिनामा जिल्लामा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रममा २ सय ३५ पिन्ट रगत संकलन गरिएको राष्ट्रिय युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका सह संयोजक बिबेक बिक्रम शाहले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments