बैजनाथ सम्बादाता
बिहिवार २० फागुन
- बाँके जिल्लाको बैजनाथ गाउँपालिका १ चिसापानी स्थित रहेको रेरि बाँकेले बिहिवार छात्रवृत्ति खेलकुद सामाग्री तथा सिलाईमेसिन बितरण कार्यक्रम सम्पन्न गरेको छ।
रेरि बाँकेका अध्यक्ष पुनित बिक्रम शाह को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बैजनाथ गाउँपालिका वडा न.१ का अध्यक्ष रुप बहादुर मल्ल अतिथी लिल बहादुर राना वडा सदस्य गोरख बहादुर बुढाथोकी शिक्षक लक्ष्मि कार्की लगाएतका अतिथिहरुको उपस्थितिमा सप्पन्न भएको कार्यक्रममा ४ जना बहिराबालबालिकालाई
एलिशा बुढाथोकी,सुस्मिता शाही,सन्देश शाही र प्रतीक्षा थारु गरि कुल ४ जनालाई २६ हजार ३ सय ५० रुपैयाँ का दरले नगत बितरण गरिएको हो।
छ महिना सिलाई कटाई तालिम सिकेका बहिरा अपांग लाई सिलाई मेसिन हस्तान्तरण गरेको छ भने उक्त मेसिन पाउनेहरु कुमारी बुढा,मेनका शाही,पार्बती के सि, धन कुमारी थापा र बिपना शाही लगाएत कुल ५ जना लाई सिलाई मेसिन हस्तान्तरण गरिएको छ।
रेरि बाँकेको आयोजनामा भएको कार्यक्रममा परिलक्षित र नेपाल बाल सहायता संघको आर्थिक सहयोगमा कार्यक्रम सप्पन्न भएको हो।
प्रमुख अतिथी रुप बहादुर मल्लले रेरि बाँकेले यसरी गरेको कार्यक्रम सराहनीय छ अपांग भनेर हेपिने बालबालिकाहरुलाई यसरी संरक्षण गरेर सम्पुर्ण ब्यवस्थापन गरेर राम्रो काम गरेको छ भने स्थानीय सरकार पनि रेरि बाँकेलाई आवश्यक सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् । अन्तमा रेरि बाँकेका अध्यक्ष पुनित बिक्रम शाह ले स्थानीय वडापालिका र गाउँपालिकालाइ विशेष धन्यवाद व्यक्त गरे रेरिले धेरै सङ्हर्श गरेर यहाँ सम्म पुगेर हाल ५० जना बहिरा अपांगहरुलाई शिक्षा दिईरहेका बताए भने कार्यक्रमलाई मनोज पौडेलले संचालन गरेका थिए।