Wednesday, December 4, 2024
spot_imgspot_img
Homeराष्ट्रियलगातार वर्षासंगै उर्लियो तिनाउ: जनजीवन प्रभावित

लगातार वर्षासंगै उर्लियो तिनाउ: जनजीवन प्रभावित

बुटवल ८ आश्विन, बुटवल उपमहानगरपालिका १७ रानीगंजमा एक घर बगाएको छ । विहिवार दिउसो सवा २ वजेको समयमा नदीले टिनले छाएको वलकले बनाएको एक तले प्रेम कुमारी खाँम्चाको घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले बताउनु भयो । नदीले मानविय क्षती भने गरेको छैन । सोही स्थाना अन्य ४ घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन । नदी बहाव क्षेत्रमानै घर वनाएर सुकुम्बासीका नाममा वस्दै आएकाहरुलाई अहिले नदीको खतरामा रहो छन ।
तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ ।
तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती भतापु्र र देविनगर क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments