हिजो उ गाउघरमा आउथ्यो देश दुनियाँ कसरी परिवर्तन गर्न सकिन्छ भन्दै डायरी पल्टाएर प्रशिक्षण दिने गर्थो । उ हेर्दा सामान्य निकै आर्दश ब्यक्ति लाग्थो । उसले जनतालाई आफ्नो बिचारमा गोलबन्द गर्दै लग्यो । उसको संगठन र पार्टीमा जनताको आकर्षण बढ्दै गयो । समय परिवर्तन भयो देशमा राजनैतिक परिवर्तन भयो ।
जनताले उस्को नेतालाई मत दिए सत्तमा पनि पुगाए । उ फेरि गाउँ बस्तिमा आयो । अब केही गर्न सकिन्छ भन्दै होटेल रेस्टुरेन्टमा भेटधाट बढायो । भेट हिजोको जस्तो जनताको दैलो गाउँ बस्तीमा हैन सुबिधा संपन्न बारमा बाक्लिन लाग्यो ।
बारमा गफ भलाकुसारी भए कोइ अनुदान, कोइ सरुवा, कोइ जागिर, कोइ बिदेश जान चाहानेको लिस्ट तयार भयो । बिस्तारै ती लिस्टमा कैफियत गर्न सके संपन्नता हुने छायाँ देख्न थाल्यो । आफ्ना आसेपासेलाई फरमुला सेयर गर्यो । फरमुला बोकेर फेरि आसेपासे गाउँ बस्तिमा आए । आसेपासेले सोझा युवाहरूलाई बोलाएर बस्तिको भट्टि पसलमा योजाना बनाए । फरमुला लागु भए परिवर्तन हुने सपना बोके । केही लिस्ट र जिस्ट तयार भयो । तो लिस्ट लिस्ट जिस्ट बोकेर आसेपासे फेरि सुबिधा संपन्न शहरिया बारमा सोमरसमा डुबुल्की मार्दै भलाकुसारी भयो ।
न आसेपासेले गाउँ बस्तिका युवाहरूलाई भने जस्तो भयो । न आसेपासेले देखेको सपना पूरा भयो । केवल देश र दुनियाँ परिवर्तन गर्नु पर्छ भन्ने तिन्को मात्र परिवर्तन भयो । जो सत्ताको वरिपरि रहे परिवर्तन तिन्ले मात्र गर्न सके । आजकाल उसलाई हिजका कुरा कोट्याउदा बिगत बिर्स बर्तमानमा रमाउछ भन्छ । आखिर जति जे गरे पनि जनताको लागि को छ र परिवर्तनको बाटोमा साथ दिने ??