Thursday, November 21, 2024
spot_imgspot_img
Homeपर्यटनलर्ड सिद्वार्थको गुजरात बाट आएको बस स्वागतमा पुर्बमन्त्री:सुनार

लर्ड सिद्वार्थको गुजरात बाट आएको बस स्वागतमा पुर्बमन्त्री:सुनार

बाँके:लर्ड सिद्वार्थ ट्राभल्स प्रा.लि.ले शनिबार गुजरात सुरत देखि नेपाल आउने नेपाली चालक सहचालक पदाधिकारीहरुलाई संबिधान सभा सदस्य एवं पुर्बमन्त्री दल बहादुर सुनार पुगेर खादा अबिर सहित स्वागत गर्नुभएको छ।
रोजगारी र ब्यापारको सिलसिलामा गुजरात बस्दै आएका नागरिकलाई आउन जान सहज सुलभ र आरमदायी यात्राको लागी नेपालगन्ज उप महानगरपालिका २ पुष्पलालचोकमा कार्यालय स्थापना गरेर सेवा सुचारू गरेका छन् ।
गुजरातको सुरत बाट बिहिवार सवारी सहित हिडेको सिल्पर बस अग्रेश्वर भरुद बडौदा अहमदाबाद हिग्मत नगर उदयपुर जयपुर आगरा भरतपुर कानपुर लखनउ बाराबन्खी बहराइज नानपारा हुँदै रुपैडिया दुईदिनको यात्रा पुरा गरेर नेपालगन्ज पुगेका चालक सह-चालक ट्राभल्सका अध्यक्ष त्रिबिक्रम मल्ल र सदस्य सुरेश पुरुष लाई मन्त्री सुनारले खादा माला अबिर सहित चालकदलका सदस्यहरुलाई नगत सहित सम्मान र स्वागत गर्नुभएको छ।
प्रमुख अतिथि सुनारले नेपालगन्जमा संचालन रहेका अन्य ट्राभल्सहरुसँग आवश्यकता अनुसार समन्वय सहकार्य गरेर संचालन गर्न अनुरोध गर्दै लर्ड सिद्वार्थ ट्राभल्स प्रा.लि.को सफलताको शुभकामना ब्यक्त गर्नुभयो।
नेपालगन्जमा लामो समयदेखि ट्राभल्समा अनुभव प्राप्त अध्यक्ष त्रिबिक्रम मल्ल,सुन्दर तिरुवा,सुरेश पुरुष युवा समाजसेवी टेकेन्द्र मल्ल,बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल,बैजनाथ ३ का अध्यक्ष निखिल बैगार,पुर्ब सशस्त्र प्रहरी संघ बाँके जिल्ला उपाध्यक्ष कृष्ण बि क, युवा ब्यवसायी खगेन्द्र तिरुवा,भोला मल्ल,कुशल दलामी,खडक बस्नेत,केशब परियार,याद बहादुर नेपाली,धोज बहादुर मल्ल टिकाराम जि एम र धन बहादुर नेपाली लगाएतले संचालनमा गरेको लर्ड सिद्वार्थ ट्राभल्स प्रा.लि. बिधिवत रूपमा शुरुगरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
उप समिति भारतको गुजरात अहमदाबादमा मिन बहादुर शाहीको अध्यक्षतामा १६ सदस्यीय संचालक उप समिति गठन भएको छ।सुरतमा कमान सिंह रानाको अध्यक्षतामा ५ सदस्यीय संचालक उप समिति जामनगरमा जितु बाँठाको अध्यक्षतामा ११ सदस्यीय उप समिति बडाेदा दिल बहादुर सिंह लगाएतको समिति गठन भएको संचालक सदस्य कृष्ण बि क ले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments