बाँके:लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थी भर्ना अभियानलाई तिब्रता दिएको छ।बिहिवार विश्वविद्यालयका रजिस्ट्रार कुल सचीव रेग बहादुर भण्डारी सहितको टाेलि राजापुर नगरपालिका पुगेको छ।कुल सचीव भण्डारी र राजापुर नगरपालिका नगर प्रमुख बिच विद्यार्थीलाई स्थानीय सरकारको आर्थिक सहयोगमा अध्यापन गराउने सम्बन्धि छलफल भएको थियो।विश्वविद्यालयमा विद्यार्थीहरु धमाधम भर्ना भैरहेका छन् ।
उक्त छलफलमा लुम्बिनी प्रदेश सरकारले संचालनमा ल्याएको विश्वविद्यालयलय बाँके र बर्दियाको सान भएकाले यस्को संरक्षण गर्नु पनि दायित्व भित्र पर्ने नगर प्रमुख थारुले बताउनुभयो ।विश्वविद्यालय बाँकेको खजुरामा ल्याउन तत्कालीन बाँके र बर्दियाका प्रदेश सभा सदस्यहरुले कडा परिश्रम गरेपनि अहिलेका प्रदेश सभा सदस्यहरुले त्यो बिगतको गति दिन नसकेको समेत उहाँले बताउनुभयो ।
राजापुर नगरपालिका भित्र संचालनमा रहेका माध्यमिक विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको गुणस्तर वृद्धि सम्बन्धि विश्वविद्यालयले सेमिनार संचालन गर्न कुल सचीव भण्डारीलाई अनुरोध गर्नुभएको हो। शैक्षिक गुणस्तर लाई माथी उठाउन विश्वविद्यालयको तर्फबाट गर्न सकिने सबै कार्यहरु गर्न आफु लगाएत विश्वविद्यालय तयार रहेको कुल सचीव भण्डारीले प्रतिबद्धता जाहेर गर्नुभयो ।
राजापुर नगरपालिकाले उच्च शिक्षा अध्यन गर्न बजेट नै ब्यवस्थापन गरेकोले विश्वविद्यालय लाई आवश्यक सहयोग गर्न नगर प्रमुख तयार हुनुभएको छ। विद्यार्थी भर्ना अभियान अन्तर्गत बाँके बर्दियाका विभिन्न स्थानीय तहहरुमा विश्वविद्यालयले स्थानीय सरकार प्रमुख उप प्रमुखहरुसँग भेटलाई तिब्रता दिएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयले नयाँ भर्ना खोले संगै लुम्बिनी प्रदेश,सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विद्यार्थीहरुले प्राथमिकताका साथ लाभ लिन सक्ने छन् ।
प्रथम चरणमा बि टेक ईन आई टि र बि टेक ईन सिएस एन्ड एआई दुईवटा धारमा भर्ना खोलेको छ। कुनैपनि विषयमा कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुले बि टेक ईन आई टि पढ्न पाउने छन् ।भने बिज्ञान विषयमा कक्षा १२ उतिर्ण विद्यार्थीहरुले बि टेक ईन सि एस एन्ड एआई पढ्न पाउने विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।
आधुनिक प्रबिधि सँगै कम्प्युटर र बिज्ञानको प्रयोग र पढाई अहिलेको जमानामा अनिवार्य साबित भएको छ।घरमा होस चाहे कार्यालय विद्यालयमा होस चाहे विश्वविद्यालयमा जुनसुकै विषय पढ्न पनि कम्प्युटर अनिवार्य भएको छ।
कुनै पनि काम गर्न पर्यो चिठि पत्र लेख्ने देखि नेट ईन्टरनेट चलाउने प्राविधिक शिक्षा आजको अनिवार्य आवश्यकता भएको छ। हो त्यसै विषयलाई मुख्य बिषयको बारेमा दक्षता हासिल गर्न प्राय विद्यार्थी लाखौं खर्च गरेर दोश्रो मुलुक या तेस्रो मुलुक रोजाईमा पर्ने गरेको छ। त्यो दोश्रो र तेस्रो मुलुकमा पढ्न जाने बिषय नेपालगन्जमै सुलभ र गुणस्तरीय शिक्षा लिन पाउने छन् । दुर दराजका विद्यार्थी जेहन्दार दलित अल्पसंख्यक विद्यार्थीहरुका लागी बिशेष छात्रवृत्ति सहित लुम्बिनी प्राविधिक विश्वविद्यालयले नयाँ कक्षा संचालन गर्न डिबिजन बन कार्यालय बाँके सुर्खेत रोड नेपालगन्जमा गएर अथवा www.LTU.edu.np मा लगिन गरेर विश्वविद्यालयको बारेमा थप जानकारी लिन सकिने कुल सचीव रेग बहादुर भण्डारीले जानकारी दिनुभयो ।
कस्ता विद्यार्थीले पाउछन् छात्रवृत्ति जेहन्दार दलित पिछडा अल्पसंख्यक गरि कुल ६ जना विद्यार्थीले सतप्रतिशल छात्रवृत्ति १२ जना विद्यार्थीले शौलियत छात्रवृत्ति सेमिस्टर उत्कृष्ट गर्ने विद्यार्थीले समेत छात्रवृत्ति पाउने छन् ।स्थानीय सरकारको तर्फबाट समेत सम्बन्धित स्थानीय सरकारको अनुदानमा थप ६ जना विद्यार्थीले छात्रवृत्ति पाउने विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।