बैजनाथ/बाँके जिल्लाको बैजनाथ गाउँपालिका ६ नम्बर वडा अध्यक्ष भद्र बहादुर बस्नेतलाई बुधबार मातृशोक परेको छ।
अध्यक्ष बस्नेतको आमा राम कुमारी बस्नेत ७९ बर्षको उमेरमा क्यान्सरका कारण बुधबार करिब ३:३० बजे बैजनाथ ६ लालपुर स्थित निजि निवासमा देहान्त भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।उहाँका ४ छोरा र ५ छोरी गरि कुल ९ सन्तान छन् ।वडा अध्यक्ष भद्र बहादुर बस्नेत जेठा सन्तान हुन् ।भने वडा अध्यक्ष बस्नेतकि आमा कान्छो छोरा रुद्रबिर बस्नेत सँग बस्ने गरेको र क्यान्सर पुष्ठि भएको करिब ७ महिना पछि देहान्त भएको हो। मृतकको पार्थिब शरिरलाई सामाजिक परम्परागत अनुसार बिहिवार करिब बिहान ९:०० बजे विहान मानखोला घाटमा हिन्दू धर्मको प्रचलन अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।