बाँके जिल्लाको कोहलपुर नगरपालिकामा आइतबार नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल कोहलपुर नगरपालिका को दोस्रो नगर सम्मेलन भब्य रुममा सम्पन्न भएको छ ।
वाइसीएल नेपाल का केन्द्रिय नेता लुम्बिनी प्रदेश का इन्चार्ज नणेश शाहीको प्रमुख आतिथ्यमा नेकपा ( माओबादी केन्द्र) केन्द्रीय सदस्य बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी , केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक) बिशिस्ठ अतिथि , अतिथीहरु नेकपा ( माओबादी केन्द्र) का नेता असोक रोकाय , चन्द्रकान्त सुबेदि, प्रदेश सभा सदस्य कृष्णा के सि ( नमुना) , कोहलपुर नगर अध्यक्ष तुलराज बिष्ट ( बिहानी) ,वाइसीएल नेपाल का केन्द्रीय नेता रतन शाही , मिना चदारा ( मनिषा) , वाइसीएल बाँकेका पुर्व इन्चार्ज सुरज जागा, वाइसीएल बाँके संयोजक आकास कार्की लगाएत नेतहरुको उपस्थितिमा कोहलपुर नगर स्तरीय वाइसीएल नेपाल कमिटी गठन भएको छ।
नगर अध्यक्षमा लाल बहादुर खड्का को अध्यक्षतामा उपाध्यक्ष सुनिल आले ,धन सिङ लुहार ,टेक राज पाण्डे सचिब अर्जुन बडुवाल , सह- सचिब बम बहादुर परियार , अनिल सेर्पाली , फारुक खा कोषाध्यक्ष पार्वती चौधरी , सदस्य सुबास महतरा, असोक न्युरे लगाएत ४१ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ।
उक्त कार्यक्रममा तरुण दल र राष्ट्रिय युवा संघ परित्याग गरि ७२ जना युवाहरु वाइसिएल नेपालमा प्रबेश गरेका छन् । नव प्रबेशीलाई स्वागत का साथै निर्वाचित सम्पुर्ण युवाहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा सफथग्रहण सप्पन्न भएको जानकारी वाइसीएल बाँकेका संयोजक आकाश कार्कीले जानकारी दिए।