Friday, January 10, 2025
spot_imgspot_img
HomeUncategorizedवाइसीएल द्वारा जनयुद्ध दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल

वाइसीएल द्वारा जनयुद्ध दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल

बाँके योङ कम्युनिस्ट लिग नेपाल बाँकेको आयोजनामा २८औ ऐतिहासिक महान जनयुद्ध दिवसको अवसरमा नेपालगन्ज रङ्गशालामा आयाेजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले उद्घाटन गर्नुभएको छ।
उक्त मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेकपा माओवादीका केन्द्रिय सदस्य नरेन्द्र न्याैपाने.वाईसीएल नेपालका केन्द्रिय महासचिव रतन शाही, केन्द्रिय सदस्य दीपक मल्ल जिल्ला इन्चार्ज शेख बाँके जिल्ला संयोजक आकाश कार्की लगायतको उपस्थिति रहेको थियो।
उक्त खेल बाँके जिल्लाका सबै स्थानीय तह बाट वाईसीएलले टिम दर्ता गराएर सहभागीता रहेको थियो
इयोङ कम्युनिष्ट लिग, नेपाल “वाइसीएल” बाँकेको आयोजनामा “२८औं ऐतिहासिक महान जनयुद्ध” दिवसको अवसरको उपलक्ष्यमा नेपालगन्ज रङ्गशालामा आयाेजित पालिका स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला , कानुन तथा सहकारी मन्त्री कृष्णा के सि ( नमुना)ले आगामी दिनहरुमा समेत यसरी नै विभिन्न मैत्रीपुर्ण खेलहरु आयोजना गर्न र युवाहरूलाई कुलतमा फस्न नदिन राष्ट्रप्रति जिम्मेवारी बनाउन खेलको माध्यम बाट जमघट हुने अवसर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।
आइतबार भएको खेलमा बैजनाथ गाउँ पालिका र
राप्तिसोनारी गाउँ पालिका बि समुह बिच भएको खेलमा २ का विरुद्ध ४ गोल गरेर बैजनाथ बिजय भएको छ।
त्यसैगरी कोहलपुर नगरपालिका र जानकी गाउँ पालिका बिच भएको खेलमा १ गोलका विरुद्ध २ गोल गरेर जानकी गाउँपालिका बिजय भएको छ।
अन्तमा राप्तीसोनरी गाउँ पालिका समुह A र खजुरा गाउँ पालिका शुन्य का विरुद्ध ३ गोल गरेर राप्तीसोनारीले जित हात पारेको छ। सोमबार नेपालगन्ज रंगशालामा सेमिफाइनल खेल हुने वाईसीएल बाँके संयोजक आकाश कार्कीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments