खजुरा शनिबार २३ असोज
बाँके जिल्लाको खजुरा गाउँपालिकामा शनिबार वाइसीएल नेपालको प्रथम खजुरा गाउँपालिका सम्मेलन उद्घाटन कार्यक्रममा वाइसीएल नेपाल खजुरा अध्यक्ष छवि बिष्टको अध्यक्षतामा वाइसीएल नेपालका केन्द्रिय सदस्य रतन शाहिको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रममा संघीय सांसद माननीय पुर्णा कुमारी सुबेदी,लुम्बिनी प्रदेश सभा सदस्य ईन्द्र प्रशाद शर्मा (आईपी) लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के सि (नमुना) खजुरा गाउँपालिका ३ का अध्यक्ष कान्तुराम गौतम नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य डम्बर बि क (तुफान) वाइसीएल नेपाल केन्द्रिय सदस्य मिना चनारा(मनिषा) गिता शाहि वाइसीएल नेपाल बाँके जिल्ला संयोजक छबिलाल कार्की (आकाश) लगाएत नेकपा माओवादी केन्द्र का नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा संघीय सांसद सुबेदिले देशमा परिवर्तन ल्याउन जसरी नेकपा माओवादी केन्द्रलाई जनताले भारीमतका साथ बिजय गराउनु भयो जुन बहुमुल्य मत दिनुभयो संबिधान निर्माणका लागि देशमा ब्यवस्था परिवर्तनका लागि अब फेरि आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बिजय गराउन वाइसीएल नेपाल एवं युवाहरूको महत्वपूर्ण भुमिका रहने छ,त्यसैले समाजलाई नेतृत्व गर्न सक्ने पार्टीलाई अगाडि बढाउन अहोरात्र लागिपर्ने भनेकै युवा अथवा वाईसीएल नेपाल हो त्यसैले जिम्मेवारी लिन म सक्छु भनेर अगाडि आउनेलाई अवसर प्रदान गर्नुका साथै आजको युवा भोलिको भबिस्य हो । जसरी बिहानको उदाउँदो सुर्यसंग सबैको अपेक्षा हुन्छ तर बेलुका अस्ताउने सुर्यको महत्त्व हुँदैन त्यसरी नै नेकपा माओवादी केन्द्रले युवाहरुमा नेतृत्व प्रदान गर्नेमा पार्टी प्रतिबद्ध भएको बताउनु भयो।
कार्यक्रममा खजुराका आठ वटा वडाहरु बाट हजारौं युवा कार्यकर्ताहरुको उपस्थिति संगै स्थानीय कलाकारहरुले सान्त माहोलमा जनबादी गितमा नृत्य गरेर मनोरंजन दिएका थिए। नेकपा माओवादी केन्द्रका बाँके जिल्ला समन्वय समिती सदस्य टंक पोख्रेलले कार्यक्रम संन्चालन गरेको वाइसीएल नेपाल बाँके जिल्ला संयोजक आकाश कार्कीले जानकारी दिएसंगै खुल्ला सत्रका सम्पुर्ण कार्यक्रम सम्पन्न भएका छन् ।
साथै प्रथम खजुरा गाउँपालिका सम्मेलनको बन्द सत्र खजुरा स्थित ग्रीन कटेजको सभाहलमा चलिरहेको छ,भने प्रथम सम्मेलन बाट ३५ जना युवा जुझारु नेतृत्व आउने समेत कार्कीले जानकारी दिए।