Sunday, November 24, 2024
spot_imgspot_img
Homeस्थानीयविद्युत प्राधिकरणको लापरबाहीले त्रासमा स्थानीय नागरिक

विद्युत प्राधिकरणको लापरबाहीले त्रासमा स्थानीय नागरिक

बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिका ६ मा बिगत केहि दिन यता नेपाल विद्युत प्राधिकरणले  लापरबाही गर्ने गरेको तथ्यहरु बाहिरियका छन् ।

बैजनाथ ६ को एच गाउँमा करिब १ महिना अगाडि रुख काट्नुहोला लाईन ५ बजे आउछ भनेर प्राधिकरण का कर्मचारी भनेर फर्किए तर विद्युत लाई ३ बजेनै छाडेर निज पुरुषको करेन्ट लागेर मृत्यु भयो ।फेरी हालै केहि दिन पछि बैजनाथ ६ को लालपुरमा विद्युतको पोल बिच सडकमै ढल्यो । अझै लालपुरको २८ घरमा स्थानीय समाजसेवी  मन्दिरा रिमालको घर नजिकै विद्युतपोललाई बाँसको सपोर्ट दिएर जबर्जस्ति खडा गरिएको छ त्यसैगरी अर्का स्थानीय समाजसेबि प्रदिप बि क को घर अगाडि पनि सोहि हालमा बाँसको आडमा विद्युतको पोल छ । अलिकति झुकेका पोल त कति छन् कति यि त उदाहरण मात्र हुन । सम्झना बजार देखी एच गाउँ सडकमा करिब दर्जन बढि विद्युतपोल को हालत आधा झुकेको तर करेन्ट सहित छ। यसमा स्थानीय सरकार र विद्युत प्राधिकरणको सहकार्यमा छिटो भन्दा छिटो मर्मत या नयाँ पोलको ब्यवस्थापन गरे मात्र दुर्घटना हुन बाट बच्ने एउटा मात्र बिकल्प छ नत्र भने पुन पोल खसेर स्थानीयले ज्यान गुमाउन सक्ने खतरा ज्यु का त्यु रहने स्पष्ट देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments