विषादी रहित धानबाली उत्पादनका लागि बैजनाथमा फिल्ड अनुगमन

0
349

कोहलपुर १५ असोज

बाँकेको बैजानाथ गाउँपालिकामा विषादी रहित धान उत्पादन गर्न बिहीबार बैजनाथमा फिल्ड अनुगमन गरिएको छ । युएसआइडी फिड द फिचर अन्तरगत नेपाल आइपिएम/ आइडी नेपाल र किसान २ परियोजना अन्तर्गत संस्थाका प्रतिनिधि तथा बैजनाथका जनप्रतिनिधिहरुले फिल्ड अनुगमन गरेका थिए । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैजनाथ गाउँपालिकालाइ कृषिमा व्यवसायिक तथा आधुनिकरण संगै स्वस्थ बाली उत्पादन गर्नमा जोड दिइने बताए ।

बैजनाथ ६ स्थित सिद्धबाबा एग्रो प्राली संचालक गणेश बस्नेतले साझेदारीमा संचालन गरिन लागेको आइपिएम पद्धतिबाट धानबालीमा प्रदर्शनी ,परिक्षण तथा सो पद्धति अन्तर्गत पर्ने सामाग्रीहरु किसानहरु सामु पुर्‍याउन जनचेतनामुलक कार्यक्रम ,क्षमता अभिवृद्धि किसानको घरदैलोमा प्राविधिक सेवा दिदै कार्यक्रममा बोल्दै आइडी नेपालकी फिल्ड संयोजक कल्पना धितालले विषादीको प्रयोगले मानव स्वास्थ तथा वातावरणमा पर्ने असरहरुलाइ न्यूनीकरण गर्न किसानहरुलाइ विषादी रहित धान उत्पादन गर्न प्रोत्साहन गरिएको बताइन कार्यक्रम विभिन्न सरकारवाला निकायका प्रतिनिधि युएसआइडी आर्थिक विकास अफिसका निर्देशक जसन सेफ लगायतको सहभागीता रगेको थियोे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here