कविन्द्र परियार
कोहलपुर १० जेठ
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ खैरेनीका गिरिजा वलीले विगत १वर्ष देखि व्यसायिक रूपमा तरकारी खेती गरेका छ्न । मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका वलीले हाल ६ कठ्ठा जग्गामा काक्रो,फर्सी ,लौका,तिते करेला , बोडी टमाटर लगायतका तरकारी खेती गरिरहेका छन ।
करिब ३ वर्ष मलेसिया बसेर नेपाल फर्किएका वलीले कृषि क्षेत्रमा लागेर काम गर्ने इच्छा अनुसार व्यवसायीक तरकारी खेती सुरु गरेको बताए । स्थानीय स्तरमा तरकारीको उत्पादन कम हुने र बाहिर बाट तरकारी ल्याउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दा तरकारी उत्पादनमा लागेको वलीको भनाइ छ । लकडाउनमा मैले आफुले उत्पादन गरेको तरकारी घरमै पुर्याउने गरेको छु वलीले भने उनले हाल साइकलमा ढकेरी बजार तथा स्थानीयको घरमै तरकारी पुर्याइदिने गरेका छ्न ।
तरकारी खेतीबाट सिजनमा ४० हजार सम्म आम्दानी हुने गरेको बताए । तरकारी खेतीमा सिचाइको समस्या झेल्दै आएका वलीले सिँचाइको राम्रो व्यवस्था नहुदा निकै समस्या परेको बताए । सिचाइका लागि आफ्नै मोटर छैन अहिले खानेपानीको पानी पोखरीमा संचित गरेर सिँचाइ गर्नुपर्ने बाध्यता छ उनले भने स्थानीय सरकारले कृषि क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न मल, बिउबिजन, सिचाइ र तालीमको व्यवस्थापन गर्नुपर्ने अलीको भनाइ छ ।