कोहलपुर २९ साउन
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ शम्शेरगजमा शुक्रबार देखि स्पेसल कलेक्सन संचालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छ्न । अध्यक्ष ढुंगानाले कलेक्सन संचालनले राप्तीसोनारीको उद्योग वाणिज्य क्षेत्रमा थप आयाम थपेको बताए। युवा व्यवसायी कमल केसीले करिब ३५ लाखको लागतमा कलेक्सन संचालनमा ल्याएका हुन । पछिल्लो समयमा ग्राहकको मागलाई मध्यनजर गर्दै सुविधा युक्ति कलेक्सन संचालनमा ल्याइएको संचालकले बताए । हामीले कोहलपुर नेपालगन्जकै रेटमा ब्रान्डेट लेडिज तथा जेन्स आइटम जुत्ता ,थानकपडा,रेडिमेड कपडा उपलब्ध गराउछौ केसीले भने पसल उद्घाटनको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको संचालकले जानकारी दिए ।