बाँके:कोहलपुर नगरपालिका ११ शान्तिनगर स्थित अव्यवस्थित भुमिहिन सुकुम्बासी संघर्ष समिति अध्यक्ष जिबन थापा मगरको अध्यक्षतामा शनिबार बस्तीका स्थानीयहरुको भेलामा कोहलपुर नगरपालिका अन्तर्गत नगरपालिकाले ५ दिनको म्याद दुईपक्षीय सहमति हुनुपुर्बनै सूचना जारीभएको हुनाले स्थानीय सरकारले ७ हप्ताको म्याद थप गरीदिन अध्यक्ष थापाले अनुरोध गर्नुभएको छ।
उक्त कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजिबि लगाएत स्थानीयहो भेला बाट निर्णय गरीएको हो। भुमिहिन दलित भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासी तिन प्रकारको लगत संकलन गरीने भएको छ। लगत संकलन गर्न स्थानीय सरकारले तोकेको नेपाली नागरिकताको प्रमाणपत्र बसाइँसराइ दर्ता भएको हकमा सो को प्रतिलिपी विद्युत महशुल बुझाएको रसिद मतदाता परिचय पत्र लगाएत बिगत लामोसमय देखि बसोबास गरेको प्रमाण सहित सबै लगत फारमको पछाडि घर नम्बर र समितिको छाप अनिवार्य गरिने नत्र अन्य बाट पनि बदमासी हुन सक्ने सम्भावना भएकाले सबै स्थानीय नागरिकलाई समितिको समन्वयमा लगत संकलन गरीने अध्यक्ष जिबन थापाले जानकारी दिनुभयो ।
आफ्नो लामो त्याग बस्तीको लडाइँ अर्को ब्यवस्थापन नभए सम्म निरन्तर जारी रहने बताउदै बस्तीको स्थायी ब्यवस्थापन नभएसम्म निरन्तर संघर्ष जारी भएतापनि अहिले स्थानीय सरकारले गरेको लगत संकलनको निर्णय स्वागत योग्य भएको बताउनुभयो।
अब लगत संकलन गर्ने कार्यमा आफुहरुले स्थानीय सरकारको समन्वयमा नगरपालिकाको फारम भर्नमा सहयोग गर्ने बताउनुभयो ।
शनिबारको भेलामा सबैको अनुहारमा एउटा खुशि छल्किएको देख्न सकिन्थ्यो आखिर अन्ततः कोहलपुर नगरपालिका स्थानीय सरकारले लगत संकलन गराउन सफल भएको छ। भने २० औं बर्षदेखि बस्दै आएका स्थानीयले समेत न्याय पाउने भएका छन् ।भेलामा उपस्थित लालमती पुनले भन्नुभयो आज सम्म हामीलाई सुन्ने कोई आएको थिएन आज स्थानीय सरकारले लगत संकलन गरेर ब्यवस्थापन गर्ने खबरले आफु मात्र नभएर बस्तीका सबै हर्षित भएको बताउनुभयो ।